Home गृहपृष्ठ बसको झ्यालबाट टाउको निकालेर यात्रा गर्दा एक विद्यार्थीको निधन

बसको झ्यालबाट टाउको निकालेर यात्रा गर्दा एक विद्यार्थीको निधन

बसको झ्यालबाट टाउको निकालेर यात्रा गर्दा एक विद्यार्थीको निधन

कुवेत। सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित प्रगतिशील माध्यमिक विद्यालयका एक छात्रको होर्डिङबोर्डमा टाउको ठोक्किएर मृत्यु भएको छ । गुडिरहेको स्कुलबसबाट टाउको निकाल्दा विद्यार्थीको टाउको होर्डिङबोर्डमा ठोक्किएको जनाइएको छ । घटनामा कक्षा छ मा अध्ययनत १३ वर्षीय रमण श्रेष्ठको बसको सीटमै निधन भएको थियो । विद्यालयका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठका अनुसार, प्रगतिशील माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ना ३ ख ३५२० नम्बरको बसबाट घर फर्कने बेला सो घटना भएको हो । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका ३ सित्खाटारका रमण श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रधानाध्यापक श्रेष्ठले स्वास्थ्य उपचारका लागि काठमाडौँमा रहेको तर घटनाबारे जानकारी पाएपछि गाउँ फर्कदै गरेको बताउनुभयो ।
सञ्जालबाट साभार गरिएको।