Friday, April 24, 2026
spot_img
HomeEnglish Newsबिदेसिएका नेपालीलाई नेपालसँग जोड्ने अभियान

बिदेसिएका नेपालीलाई नेपालसँग जोड्ने अभियान

सिड्नी। एक करोड पुरस्कार रहेको मेरा डान्स र मेरो भ्वाइस युनिभर्स I’m बिदेशमा रहेको दोस्रो पुस्ताका नेपालीलाई मुलुकसँग जोडने र कलासंस्कृतीलाई बचाउने अभियानका रुपमा अगाडी सारीएको मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको अस्ट्रेलिया छनोट यही आउदो आइतबार सीडनीको ग्रानभिलस्थीत रातो घरमा आयोजना हुने भएको छ । एक करोड नगद पुरस्कार रहेको यो बिश्वब्यापी प्रवासी नेपालीहरुको सांस्कृतीक अभियानलाई अगाडी बढाउन सीडनी आइपुगेका आयोजक नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन(इन्ट्रा)का पदाधिकारीहरुले यसलाई बिदेशमा रहेका नेपालीभाषिलाई मुलुकसँंग जोड्ने एउटा सांस्कृतीक

अभियानका रुपमा रहेको बताए । अमेरिकाका भुटानी मुलका नेपाली भाषी व्यबशायी डील्ली अधिकारीको प्रयासवाट अगाडि बढेको यो अयिभानले यतिबेला करिब ६० देशमा छरिएर रहेका नेपाली मुलका कलाकारहरुलाई समेटेर नेपालमा भब्य कार्यक्रमका साथ फाइनल चरणको आयोजना गर्दै आएको छ । यो डान्स तथा भ्वाइस युनिभर्सको दोस्रो संकरण हो । यसअघि सन २०२३मा पहिलो संस्करण भब्य रुपमा सम्पन्न भएको थियो । यस पटक मेरो भ्याइसको लागि गायक दिप श्रेष्ठ। संगितकार सुरेस अधिकारी, शिव परियार र पुष्पन प्रधान तथा अन्जु पन्तले जजको भुमिका निर्वाह गर्दै छन भने नृत्य विधामा भने मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, शंकर बीसी, कबिराज गहतराज र किरण थापा निर्णायकको भुमिकामा देखिने भएका छन । संसारभर छरिएर रहेका नेपाली भाषीहरुलाई एउटै सुत्रमा जोडन सकियोस , प्रवासी नेपालीको साझा चौतारी बनोस र सबैलाई नेपालसँंग जोडन सकियोस भन्ने यसको मुल उद्देस्य हो, आयोजक संस्थाका कार्यकारी निर्देशक चुडामणी भट्टराइले बताए । हामीले बिदेशीदै गर्दा हाम्रो भेष भुषा र कला संस्कृती जोगाउन सकेनौ भने हाम्रो नया पुस्ता नेपालसँंग जोडिन सक्दैनन र अर्को कुरा संसारभर छरिएर रहेका नेपाली भाषीहरुलाई नेपालसँंग जोडने र अपनत्व कायम गर्ने काम पनि यसले गरेको भट्टराइको कथन छ ।

संस्थाका सांस्कृतीक बिभागका प्रमुख ओम गुरुङले शरणार्थी हुनुको पीडाबिच आफनो बाउ बाजेको देश खोज्ने अभियानका रुपमा पनि यो सांस्कृतीक महोत्सव स्थापीत भएको बताए । पैसाले सबै चिज किन्न पाइदैन अनि सुख सुविधाबिच पनि आफनो मातृभुमीको प्रेम र पुर्खाको थातथलोसँंगको सम्वन्ध हराउदैन रहेछ,त्यसैले पनि हामी भुटानी भएपनि नेपाली भाषी भुटानी भनेर चिनिन्छौ, यहीनै महत्वपुर्ण बिषय हो । पीएनओका उपाध्यक्ष समेत रहेका गुरुङले यो सांस्कृतीक अभियान सबै नेपालीभाषीको लागि एउटा उत्सव बन्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा अस्ट्रेलिया संयोजक निक शर्माले केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीको बिज्ञप्ती पढेर सुनाएका थिए । यस्तै कार्यक्रममा अस्ट्रेलियाका निर्णायक विजय थापा, एनआरएका पुर्व अध्यक्ष नन्द गुरुङ लगायतले कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए । कार्यक्रममा अस्ट्रेलियाभरवाट करिब चार दर्जन कलाकारहरु छनोट भएको र अनिहरुको अडिसन सीडनीमा आइतबार हुने भएको छ । यसअघि युरोपको लन्डन र पोर्चुगलमा समेत

यसको कलाकार छनोट कार्यक्रम सम्पन्न भइसकेको छ । कार्यक्रममा युवा अयिभन्ताहरु भिम बस्नेत, इथान शाक्य, सुनिल बिष्ट,गगन शर्मा लगायतको  उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments