Saturday, April 18, 2026
spot_img
Homeगृहपृष्ठ‘बिहे गर्न, लब गर्न पनि रैतीहरूलाई सोध्नुपर्ने हो ?’ RD Creation

‘बिहे गर्न, लब गर्न पनि रैतीहरूलाई सोध्नुपर्ने हो ?’ RD Creation


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको भूत अब कहिल्यै फर्केर नआउने बताएका छन्।

बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले गणतन्त्र स्थापना भइसक्दा पनि रैती मानसिकताले व्यवस्थामाथि नकारात्मकता फैलाउने गरेको उल्लेख गरे।

“रैतीमा चार स्याल कराउँदा जंगल भड्किएजस्तो हुन्छ, तर त्यसले केही हुँदैन। राजा हुने सपना देख्नेहरूको सपना मात्रै सपनामा सीमित रहन्छ,” उनले भने।

उनले कलाकार सुरक्षा पन्तमाथि राजावादी समूहबाट भएको आक्रमण र उनको फिल्म बहिष्कारको धम्कीप्रति लक्षित गर्दै भने, “तानाशाहीको प्रेत बेलाबेला तर्साउन आउँछ, तर त्यो फर्केर आउन सक्दैन। यस्तैलाई भूतप्रेत भनिन्छ।”

प्रधानमन्त्री ओलीले पन्तको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भएको गालीगलौज र बहिष्कारको धम्कीप्रति आपत्ति जनाउँदै कलाकारहरूलाई स्वतन्त्र विचार र सृजनशीलतामाथि कुनै दबाब नस्वीकार्न आग्रह गरे।

“कला र कलाकारलाई माया गर्नेहरूको कमी छैन। स्वतन्त्रताको झन्डा बोक्नेहरू धेरै छन्। अब बिहे गर्न, लब गर्न पनि रैतीहरूलाई सोध्नुपर्ने हो ?” उनले प्रश्न गरे।

उनले देश र जनताको हितमा राम्रा फिल्म र नाटक बनाए दर्शकको कमी नहुने स्पष्ट गर्दै सांस्कृतिक अभियानमार्फत तानाशाही प्रवृत्तिविरुद्ध ‘ढ्याङ्ग्रो बजाउन’ आह्वान गरे।

“जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि सृजनात्मक अभियानलाई तीव्र बनाउनुहोस्,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments