Saturday, April 18, 2026
spot_img
Homeगृहपृष्ठभारतीय फिल्मका चर्चित निर्देशक गाँजासहित पक्राउ RD Creation

भारतीय फिल्मका चर्चित निर्देशक गाँजासहित पक्राउ RD Creation


हैदारावाद : मलयालम फिल्म इन्डस्ट्रीबाट अर्को डरलाग्दो खबर बाहिर आएको छ। हाइब्रिड गाँजासहित चर्चित फिल्म निर्माता खालिद रहमान, असरफ हम्जा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यो गिरफ्तारी २७ अप्रिलको बिहान भएको थियो र पछि उनी जमानतमा रिहा भएका थिए।

रिपोर्टका अनुसार अन्तःशुल्क विभागलाई सूचनाका आधारमा प्रहरीले अप्रिल २७ मा बिहान करिब २ बजे कोच्चिको एउटा फ्ल्याटमा छापा मारेको थियो। यस क्रममा खालिद रहमान, अशरफ हम्जा र तेस्रो व्यक्ति शालिफ मोहम्मदलाई पक्राउ गरिएको थियो। उनीहरुबाट १.६ ग्राम हाइब्रिड गांजा बरामद भएको प्रहरीले जनाएको छ। हाल प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका तेस्रो व्यक्तिको नाम शालिफ मोहम्मद रहेको छ। उनी यी दुवै चलचित्रकर्मीको नजिकको साथी भएको बताइएको छ। छापा मारिएको फ्ल्याटको भाडा सिनेम्याटोग्राफर समीर ताहिरले लिएका थिए। अधिकारीहरूले जानकारी पाए लगत्तै तत्काल कारबाही अघि बढाएका हुन्।

छापा मार्दा तीनै जना अभियुक्तलाई पक्राउ गरी उनीहरुबाट हाइब्रिड गांजा बरामद गरिएको प्रहरी अधिकारी मनोरमाले बताए। उनका अनुसार यस सम्बन्धमा प्रहरीले लागुऔषध तथा साइकोट्रोपिक सब्सटेन्स (एनडीपीएस) ऐन, १९८५ को दफा २० (बी) २ ए र २९ अन्तर्गत मुद्दा दर्ता गरेको छ। छापा मार्दा अभियुक्तको नियत गांजा सेवन गर्ने भएको प्रहरीले जनाएको छ।

उनले ‘अनुराग कारिकम भेलम’, ‘उन्डा’ जस्ता चर्चित मलायम फिल्म निर्देशन गरेका छन् । जसवाट उनले धेरै पुरस्कार प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments