HomeEnglish Newsमिक्लाजुङ गाउँपालिकामा ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा

मिक्लाजुङ गाउँपालिकामा ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा


गाउँपालिकाले सूचना जारी गरी बुधबार एक दिनका लागि मातहतका निकायमा बिदा हुने जानकारी गराएको हो । सूचना अनुसार विद्यालयहरू, स्वास्थ्य संस्थाहरू र मातहतका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा गर्ने उल्लेख छ ।

२०५२ फागुन १ गते माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेको थियो। माओवादीले यसलाई अहिले पनि ‘महान् जनयुद्ध’ भनेर पार्टीगत रूपमा विभिन्न कार्यक्रम गरी मनाउँछ। तर, राजकीय रूपमा भने बिदा दिन नपाइने फैसला अदालतको छ। तर, माओवादीले जितेका पालिकाहरूले भने बिदा दिएका हुन्।

माओवादीले जितेका पालिकाहरूले अदालतको फैसलाविपरीत बिदा दिएका छन्। बिदा दिने पालिकाहरूमा पाँचथरको मिक्लाजुङ, सोलुखुम्बुको थुलुङ दुधकोशी, रोल्पाको माडी, भोजपुरको रामप्रसाद राई, खोटाङको खोटेहाङ, उदयपुरको लिम्चिङबुङ, बाग्लुङको ताराखोला, ताप्जेलुङको फक्ताङलुङलगायत छन्।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments