Wednesday, April 22, 2026
spot_img
HomeEnglish Newsमेरिनोको दुई गोलबाट आर्सनलको शानदार जित

मेरिनोको दुई गोलबाट आर्सनलको शानदार जित

आर्सनलले मिकेल मेरिनोको दुई गोलमा भरमा इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ। बेलायतस्थित किङ्स पावर रंगशालामा भएको खेलमा आर्सनल २–० ले विजयी भयो। यो जितसँगै आर्सनल २५ खेलबाट ५३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ।

मेरिनोले ८१ र ८७ मिनेटमा गोल गरे। यो जितले आर्सनलको उपाधि खोजीमा नयाँ आयाम थपेको छ। प्रबन्धक मिकेल आर्टेटाले मैदानमा संघर्ष गरिरहेको बेला मेरिनोको आगमनले टोलीलाई महत्त्वपूर्ण जित दिलाएको भनेका छन्। खेलको पहिलो हाफमा आर्सनलले धेरै गोलको अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन। तर दोस्रो हाफमा मेरिनोको उत्कृष्ट खेलले लेस्टर स्तब्ध भएको हो।

प्रकाशित: ४ फाल्गुन २०८१ ०७:४१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments