Monday, April 20, 2026
spot_img
Homeविदेशमामोरङसुनसरी सेवा समाज कुवेतद्वारा चालिएको अक्सिजन सिलिन्डर अभियान समाप्त।

मोरङसुनसरी सेवा समाज कुवेतद्वारा चालिएको अक्सिजन सिलिन्डर अभियान समाप्त।

राम्रो दृष्टि/ ९ जुलाइ, कुवेत। विगत केही दिनदेखी विश्व महामारी कोरोना भाइरसले नेपालको मोरङ र सुनसरी जिल्लामा फैलिएको कोरोना भाइरस उपचारमा परेको अक्सिजन अभावलाइ मध्यनजर गर्दै मोरनग सुनसरी सेवा समाज केन्द्र द्वारा मोरङ र सुनसरिका विभिन्न पालिकाहरुमा अक्सिजन सिलिन्डर प्रदान गरेको थियो। जसमा अपुग रकम प्रवासका विभिन्न मोरनग सुनसरि सेवा समाजका शाखाहरुले संकलन गरि पुर्ती गर्ने उदेश्यका मोरङ सुनसरी सेवा समाज कुवेतले चालेको अभियान पनि आजबाट समाप्त भएको जानकारी मोरङ सुनसरी सेवा समाज कुवेतका अध्यक्ष अरुण लिम्बुले राम्रो दृष्टिलाइ जानकारी गराएको छ।

मोरङसुनसरी सेवा समाज कुवेतले चालेको यो अभियानमा हालसम्म ८१३.५ कुवेती दिनार बोलकबोल भएको छ। जसमध्ये आज सम्म २९३.५ कुवेती दिनार संकलित भैसकेको यश अभियानका सचिव उपेन क्षेत्रीले जानकारी गराएका छन। उनका अनुसार आजबाट यो अभियान बन्दा गरेकोले अब नयाँ सहयोग नलिने तर बोलकबोल भएका रकमहरु फलोअप गरि पुर्ण सक्लन गरि पठाइनेछन।

अध्यक्ष लिम्बुले यश अभियानमा साथ दिनुहुने सबै सबै सहयोगी मनहरुलाइ धन्यवाद दिँदै आजैबाट बन्दा गरिएकोले आइन्दा यश अभियानका लागि भनी कसैले सहयोग संकलन नगर्न, नदिन र नलिनको लागि अनुरोध गरेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments