यासोक – पाँचथरको कुम्मायक–कुसायकमा हरेक तीन वर्षमा विशेष पुँजा हुने गरेको छ । यहि अवसरले यासोक बजार रौनक छाएको छ । पूजा, परम्पारगत सास्कृती प्रस्तुती, खेलकुद लगायतका क्रियाकलाप भइरहेका छ । यसले यासोकमा चहल पहल बढाएको छ ।
परापूर्वकालदेखि हरेक तीन वर्षमा हुने पूजाको अवसरमा ठुलो मेलसमेत लाग्ने गर्छ । तङ्सुम तङ्नाम त्रीशाली पूजा तथा मेलाका कारण यासोक बजार झकिझकाउ र भरिभराउ बनेको छ ।
कुम्मायकमा नैबेदले पूजा गरिन्छ भने कुसायकमा बलि दिने गरेको पाइन्छ । कुम्मायक–कुसायकको दर्शन तथा भाकल पुरा गर्न विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् । केही दिन अगाडीदेखिनै दर्शनार्थीहरू यासोक आएका थिए ।
राज उहाङका पालादेखी यहाँ पूजा हुन थालेको मुल आयोजक समितिका अध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।
यो क्षेत्रबाट काम तथा बसाइ सरेरगएकाहरु पूजामा आउछन् । छिमेकी जिल्लाहरु भारत तथा विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् । यो पूजाको लामो इतिहास भएको बताइन्छ ।
यही अवसरमा खेलकुद लगायतका विभिन्न गतिविधि यासोकमा भईरहेका छन् । प्रथमले ४ लाख २५ हजार ५५५ रुपैयाँ जित्ने त्रिशाली गोल्डकप फुटबल प्रतियोगिता, ब्याडमिन्टन, चेस प्रतियोगिता, रमाइलो मेला यासोकमा भईरहेको छ । हरेक दिन चर्चित कलाकारले प्रस्तुति दिईरहेका छन् । हरेक तीन वर्षमा हुने पुँजा तथा मेला ऐतिहासिक भएकाले गाउँपालिका साथ, सहयोग र सक्रियता रहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले बताए ।




