Homeगृहपृष्ठरविमाथिको अनुसन्धान विधिसम्मत होस् : सन्तोष परियार

रविमाथिको अनुसन्धान विधिसम्मत होस् : सन्तोष परियार


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद सन्तोष परियारले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रक्रिया विधिसम्मत गर्न चेतावनी दिएका छन्।

पार्टी सभापतिमाथि अनुसन्धानका क्रममा भएका क्रियाकलाप विधिसम्मत नभएको उनको आरोप छ। विधि र प्रक्रियाभन्दा पनि राजनीतिक प्रतिशोध साट्नकै लागि अनुसन्धानको नाममा मनपरी ढंगले प्रक्रिया चलिरहेको उनले दाबी गरेका छन्।

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नयाँ वर्ष २०८२ को अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अनुसन्धान प्रक्रिया नै विधिसम्मत नभएपछि अनुसन्धान विधिसम्मत हुन्छ भन्ने सोच्न सकिँदैन।’

ठूला राजनीतिक दलहरूको राजनीतिक प्रतिशोधको कोप भाजनमा आफ्ना पार्टी सभापति परेको उनको धारणा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments