HomeEnglish Newsराप्रपाले भन्यो: राजाको नामले सदन तरंगित हुनु खुशीको कुरा

राप्रपाले भन्यो: राजाको नामले सदन तरंगित हुनु खुशीको कुरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सदनमा राजाको नामले तरंग सिर्जना हुनु खुशीको कुरा भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद प्रधानले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा निश्चित नभएको उल्लेख गर्दै, भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्न सक्ने चेतावनी दिए।

प्रधानले वर्तमान व्यवस्थाले देशको रक्षा गर्न नसक्ने जिकिर गर्दै, प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते राजाबाट व्यक्त शुभकामनाले अभिभावकीय भूमिका झल्काएको उल्लेख गरे।

‘आज सदन राजाको नामले तरंगित छ, यो अत्यन्तै खुशीको कुरा हो। हामी हर्षित छौँ,’ उनले भने, ‘फागुन ७ गते राजाबाट व्यक्त शुभकामनाले उहाँको अभिभावकीय भूमिका देखायो। देशको संरक्षण गर्न नसक्ने यो व्यवस्थाको सट्टा सबै नेपालीले एकसाथ जुट्नुपर्छ भन्ने सन्देश आत्मसात गर्नुपर्छ।’

प्रधानले फागुन २५ गते पोखराबाट फर्कने क्रममा राजालाई एयरपोर्टदेखि निर्मल निवाससम्म नागरिकहरूले स्वतःस्फूर्त रूपमा स्वागत गरेको दाबी गरे।

सांसद प्रधानले आफूहरूले संविधान राम्ररी अध्ययन गरेको उल्लेख गर्दै राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी प्रवृत्ति कायम रहने दाबी गरे। ‘अश्रुहरूको बुइ चढेर आएको पार्टीले देशको हित गर्न सक्दैन,’ उनले भने।

प्रकाशित: २७ फाल्गुन २०८१ १५:५१ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments