२०२६ को विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यो समीकरणले पूर्व विजेताहरुले फेरि एक पटक विश्वकप जित्ने छन् र देशको र आफ्नो नाम इतिहासमा सुनौलो अक्षरले लेख्ने छन् । सबैभन्दा पहिले सेमिफाइनल पुग्ने देश फ्रान्स हो । उसले दुई पटक १९९८ र २०१८ मा विश्वकप जितेको छ, भने उसको प्रतिस्पर्धी स्पनेले एक पटक २०१० मा विश्वकप जितेको छ । इ दुईको विजेता फाइनलमा पुग्ने छ ।
अर्को पोलबाट अर्जेन्टिना र इङ्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् । अर्जेन्टिनाले तीन पटक १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको छ । खासमा उ डिफेन्डिङ च्याम्पियन हो । इङ्ल्याण्डले भने एक पटक १९६६ मा विश्वकप जितेको छ । यी दुईको विजेता फाइनलमा पुग्ने छ ।
इ चार देशको सेमिफाइनलको यात्रा यस्तो रह्यो :–
समूह चरण
फ्रान्स – सेनेगल : ३–१
फ्रान्स – इराक : ३–०
फ्रान्स – नर्वे : ४–१
राउण्ड ३२
फ्रान्स – स्वीडेन : ३–०
राउण्ड १६
फ्रान्स – पाराग्वे : १–०
क्वाटर फाइनल
फ्रान्स – मोरोक्को : २–०
यो नतिजा हेर्दा फ्रान्सले राउण्ड १६ मा मात्र साँधुरो जीत निकालेको छ । यहाँसम्म आइपुग्दा १६ गोल गरेर २ गोल खाएको छ । किलियन एम्बाप्पेले ८ गोल, ओसमाने डेम्बेलले ५ गोल, ब्राड्ले बार्कोलाले २ र डेजायर डोउले १ गोल गरेका छन् । फ्रान्सका जम्मा चार खेलाडीले मात्र गोल गरेका छन् ।
समूह चरण
स्पेन – काबो भर्डे : ०–०
स्पेन – साउदी अरब : ४–०
स्पेन – उरुग्वे : १–०
राउण्ड ३२
स्पेन – अष्ट्रिया : ३–०
राउण्ड १६
स्पेन – पोचुगल : १–०
क्वाटर फाइनल
स्पेन – बेल्जियम : २–१
सेमिफाइनल पुग्दा स्पेनले ११ गोल गरेर १ गोल मात्र खाएको छ । पहिलो खेलमा काबो भर्डेले स्तब्ध पारेको टिम विस्तारै लयमा फर्कदैछ । क्वाटर फाइनलमा मात्र गोल खानु कम चानचुने कुरा होइन् । ओयार्जाबलले ४ गोल, मिकेल मेरिनोले २ गोल, लामिने यामलले १ गोल, एलेक्स बायनाले १ गोल, पेड्रि पारोले १ गोल र फाबियन रुइजले १ गोल गरेका छन् । १ गोल भने साउदीका हसनबाट उपहार पाएका छन् । स्पेनले फाइनल पुग्नका लागि फ्रान्ससँग खेल्ने छ ।
समूह चरण
इङ्ल्याण्ड – क्रोएसिया : ४–२
इङ्ल्याण्ड – घाना : ०–०
इङ्ल्याण्ड – पानामा : २–०
राउण्ड ३२
इङ्ल्याण्ड – डिआर कङ्गो : २–१
राउण्ड १६
इङ्ल्याण्ड – मेक्सिको : ३–२
क्वाटर फाइनल
इङ्ल्याण्ड – नर्वे : २–१
इङ्ल्याण्ड सेमिफाइनल आइपुग्दा १३ गोल गरेर ६ गोल खाएको छ । ह्यारी केनले ६ गोल, जुड बेलिङ्घमले ६ र मार्कुस रसफोर्डले १ गोल गरेका छन् । इङ्ल्याण्डका जम्मा तीन खेलाडीले मात्र गोल गरेका छन् । फाइनल पुग्नलाई इङ्ल्याण्डले अर्जेन्टिनासँग खेल्नु पर्ने छ ।
समूह चरण
अर्जेन्टिना – अल्जेरिया : ३–०
अर्जेन्टिना – अष्ट्रिया : २–०
अर्जेन्टिना – जोर्डन : ३–१
राउण्ड ३२
अर्जेन्टिना – काबो भर्डे : ३–२
राउण्ड १६
अर्जेन्टिना – इजिप्ट : ३–२
क्वाटर फाइनल
अर्जेन्टिना – स्वीजरल्याण्ड : ३–१
अर्जेन्टिना सेमिफाइनल आइपुग्दा १७ गोल गरेर ६ गोल खाएको छ । लियोनल मेसीले ८ गोल, लाउटेरो मार्टिनेजले २ गोल, लो सेल्सोले १ गोल, लिसान्द्रो मार्टिनेजले १ गोल, क्रिश्चियन रोमेरोले १ गोल, म्याक एलिस्टरले १ गोल, एन्जो फर्नान्डेजले १ गोल र जुलियन अल्भारेजले १ गोल गरेका छन् । १ गोल भने काबो भर्डेका डिनेको उपहार रहेको छ । अर्जेन्टिना शुरुवाती खेलहरुमा मेसीको भरमा थियो । तर जति खेल बढ्दै गयो उति अरु खेलाडीहरुले पनि गोल गर्न थाले । यो क्रममा अर्जेन्टिनाका ८ खेलाडीले गोल गरेका छन् ।
अर्जेन्टिनाको सेमिफाइनल यात्रा त्यति सहज रहेन । राउण्ड ३२ मा नव प्रवेशी काबो भर्डेलाई पाखा लगाउन अतिरिक्त समयसम्म जानु पर्यो । राउण्ड १६ मा झन धेर विवाद (रेफ्रीको विवाद) खेप्नु पर्यो । विवाद र धेरै कठिन जीतका साथ अर्जेन्टिना सेमिफाइनल पुग्न सफल भयो । अब फाइनल पुग्नका लागि इङ्ल्याण्डसँग खेल्नु पर्ने छ । अस्ति पनि भनेको छु १९८६ को जस्तो ह्याण्ड अफ गडको साहारा लिन नपरोस् अर्जेन्टिनालाई ।
गोल्डेनबुट दाबेदारी :–
लियोनल मेसी ८ गोल अर्जेन्टिना
किलियन एम्बाप्पे ८ गोल फ्रान्स
अर्लिङ हालाण्ड ७ गोल नर्वे
ह्यारी केन ६ गोल इङ्ल्याण्ड
जुड बेलिङ्घम ६ गोल इङ्ल्याण्ड
गोल्डेनबुटको दाबेदारीमा लियोनल मेसी र किलियन एम्बाप्पेको दौड अति प्रतिस्पर्धात्मक छ । दुवैले ८ गोल गरेका छन् । उनीहरुलाई पछ्याई रहेका नर्वेका अर्लिङ हालाण्डको ७ गोल छ । तर अब उनी प्रतियोगिताबाट बाहिरिइ सकेका कारण प्रतिस्पर्धामा रहने छैनन् । बरु इङ्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्घम भने यो रेसमा अगाडि बढ्दैछन् । उनीहरुको खेल बाँकी रहेकोले उपाधि नै चुम्न पनि सक्छन् । मेसी र एम्बाप्पे भने अलि एक कदम अगाडि छन् । मेसीले क्वाटर फाइनलमा मात्र गोल गर्न सकेनन् । त्यसमा पनि गोल गरेका भए एम्बाप्पेलाई पछि पार्ने थिए । जे होस् दाबेदारी सबै खुला रहेको छ । मेसी, एमबापे केन वा बेलिङ्घम सबैलाई अगाडि बढ्न र उपाधि चुम्न जीत र गोल कै खाँचो छ । जसले गेम हार्यो उसको उपाधि यात्रा लगभग समाप्त भन्दा फरक पर्दैन ।