Homeगृहपृष्ठविश्वकप प्रिभ्यू र रिभ्यू : इ देशहरुले जितुन RD Creation

विश्वकप प्रिभ्यू र रिभ्यू : इ देशहरुले जितुन RD Creation


–सगुन सुसारा
फुटबलको महासङ्ग्राम विश्वकप २४ औं संस्करण तीन देशमा शुरु भएको छ । फुटबलमा चासो राख्नेहरुले विश्व विजेताका रुपमा विभिन्न देशलाई आंकलन गरेका छन् र समर्थन । यही मेसोमा मेरा पनि समर्थनका कारणसहित मत जाहेर गर्दैछु ।

क) अर्जेन्टिना :— डिफेन्डिङ च्याम्पियन र मेसीको अन्तिम विश्वकपका कारण अर्जेन्टिनाले जित्नु पर्छ । लगातारको विजय ब्राजिलको नाममा रहेको छ । त्यसलाई पछ्याउन र उपाधि यात्रामा चौथो तारा थप्नका लागि अर्जेन्टिनाको समर्थन । लियोनल मेसी, जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, लउटेरो मार्टिनेज जस्ता मध्यपङ्ति र अग्रपङ्तिका प्रतिभावान खेलाडी र इमिलियानो मार्टिनेज जस्ता प्रतिभाशाली गोलरक्षकका कारण अर्जेन्टिनाले विश्वकप जित्नु पर्छ ।

ख) स्पेन :— टिकिटाका शैलीका कारण स्पेनको फुटबल खेल मन पर्छ । उदाउँदो स्टार लामिन यामलका कारण स्पेनले विश्वकप जित्नु पर्छ । यूरो २०२४ मा १८ बर्ष उमेर नपुगेका कारण जर्मन युवा श्रम कानून अनुसार जरिवाना तिरेर खेलेको थियो र देशलाई उपाधि दिलाएका थिए । स्पेनका फेरान टोरेस, निको विलियम्स, पेड्रि, रोड्रि, गाभि जस्ता मध्यपङ्ति र फरवार्ड खेलाडी छन् । उनीहरुको खेललाई रोक्न निकै हम्मे पर्छ । जोन गार्सिया गोलरक्षक पनि मलाई धेरै मन पर्छ । यीनै कारण स्पेनले विश्वकप जित्नु पर्छ ।

ग) जापान :— यो नाम लिँदा धेरैलाई आश्चार्य लाग्न सक्छ । तर यो पक्का हो । अहिले एसियाका देशहरुले पनि फुटबलमा धेरै प्रगति गरेका छन् । अघिल्लो विश्वकपमा जापानले जर्मनी र स्पेन जस्ता फुटबलका महारथीलाई हराइ सकेको छ र आफ्‌नो पावर देखाई सकेको छ । फुटबलमा खेल र भाग्य दुबैको उत्तिकै आवश्यक पर्ने भएका कारण जापान असम्भव टिम होइन । कोकि ओगावा, जुन्या इटो, ताकेफुसा, कुबो केइटो नाकामुरा जस्ता मध्यपङ्ति र अग्रपङतिका खेलाडीहरु मन पर्ने खेलाडी हुन । गोलरक्षकमा जिओन सुजुकी राम्रा छन् । यसकारण जापानले विश्वकप जित्नु पर्छ ।

घ) इङ्ल्याण्ड :—

एक पटक मात्र विश्व विजेता हो इङ्ल्याण्ड । विश्व क्लब फुटबलमा पहिलो नम्बरमा पर्ने देशहरु मध्ये एक हो । ह्यारी केन धेरै समय टोटनह्याममा बसेर कुनै क्लब उपाधि हासिल गर्न सकेन । तर बुन्डेसलिगामा गए पछि लिग मात्र जितेनन् क्लबमा गोलको बर्षा पनि गरे । बुकायो साका, मार्कुस रसफोर्ड, जुड बेलिङघम, डेक्लन राइस जस्ता प्रतिभाशाली खेलाडीका कारण इङ्ल्याण्डले विश्वकप जित्नु पर्छ ।

ङ) पोर्चुगल :— फुटबलको राजा को ? भन्ने बारेमा लियोनल मेसी क्रिश्टियानो रोनाल्डोका बारेमा खुब बहस छ । उपाधिका हिसाबले रोनाल्डोले जित्न बाँकी विश्वकप नै हो । यदि रोनाल्डोले विश्वकप जितेमा फेरि एक पटक यो बहस उठ्ने र आफ्‌नो समर्थन भएको खेलाडीका बारेमा वकालत चल्ने छ । रोनाल्डो र मेसी उमेरका हिसाबले पनि अब फुटबलबाट टाढा हुने बेला आएको छ । जाआवो फिलिक्स, माथ्युस नुनेस, बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेस जाओ कान्सेलो जस्ता प्रतिभाशाली खेलाडीका कारण पोर्चुगलले विश्वकप जित्नु पर्छ । डिएगो कोस्टा जस्ता गोलरक्षकका कारण पनि विश्वकप जित्न लायक टिम हो पोर्चुगल ।

२०२६ को विश्वकप पोर्चुगलले जित्यो भने फुटबलको राजा क्रिश्टियानो रोनाल्डो निर्विवाद हुन । यस कारण म लियोनल मेसीको समर्थक भएकोले पहिलो नम्बरमा अर्जेन्टिनाले यो विश्वकप जितोस् । अहिलेसम्मको इतिहास हेर्दा ‘म’ बाट नाम आएको खेलाडीहरु चम्किँदा अर्जेन्टिनाले विश्वकप जितेको छ । १९७८ मा मारियो केम्पस, १९८६ मा म्यारोडोना र २०२२ मा मेसी ।

फुटबल विश्वकपमा गोल्डेन बल र गोल्डेन ग्लोबका मात्र ब्यवस्था छ । फुटबल खालमा टिम गेम हो । यसकारण फुटबलमा सबैको पोजिसनको महत्व छ । यस कारण गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड लगायतको पनि विधागत पुरस्कार व्यवस्था भए अति राम्रो हुन्थ्यो ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments