Saturday, April 18, 2026
spot_img
HomeEnglish Newsशिक्षकहरूले सडकमै मनाए नयाँ वर्ष (तस्बिरहरु)

शिक्षकहरूले सडकमै मनाए नयाँ वर्ष (तस्बिरहरु)

नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन सडकमै मनाएका छन्।

माइतीघर–बानेश्वर सडक खण्डमा सोमबार १३औं दिन पनि प्रदर्शन जारी रहेको छ। 

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ वर्षको पहिलो दिन पनि विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनका लागि आन्दोलनमा सहभागी भएको बताए।

महासंघले २० चैतदेखि सडक आन्दोलन सुरु गरेको हो। यसबीच सरकार र महासंघका प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन।

सरकारले शिक्षकका सेवा–सुविधासम्बन्धी निर्णय मन्त्रिपरिषद् र मन्त्रालयबाट गरी संसद्को आगामी अधिवेशनमा ऐन जारी गर्ने बताउँदै आएको छ।

यता महासंघले भने सहमति नहुँदासम्म आन्दोलन जारी रहने जनाएको छ।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १ वैशाख २०८२ १५:४१ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments