Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsसदन अवरोधले समस्या समाधान हुँदैन: अध्यक्ष दाहाल

सदन अवरोधले समस्या समाधान हुँदैन: अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताएका छन्।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गरेका थिए।

त्यसक्रममा अध्यक्ष दाहालले सभा अवरुद्ध गरेर समाधान खोज्नु उचित नहुने भन्दै सांसदहरूलाई बस्न र कारबाही अघि बढाउन आग्रह गरे।

‘माननीय सदस्यहरू, विषय राख्नुभएको छ, सबैको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘तर, यो प्रक्रिया निरन्तर दोहोरिँदा राष्ट्रिय सभाको अवस्था कहाँ पुग्ला भन्ने चिन्ता छ। हामी १७ औं अधिवेशनको अन्त्यतिर छौँ, अर्को अधिवेशन सुरू हुन ढिलो भइसकेको छ। अब केही दिन मात्र बाँकी छ, १९ गते प्रदेशतिर जाने कार्यक्रम पनि छ। त्यस्तै, ५ वटा अध्यादेश प्रतिस्थापन गर्न दर्ता भएका विधेयकहरूको समयसीमा ६० दिन पुग्दैछ। त्यसैले राष्ट्रिय सभाको गरिमा जोगाउन सबै गम्भीर बन्नुपर्छ।’

अध्यक्ष दाहालले राजनीतिक दलहरूकै सक्रियताले मात्र समस्या समाधान हुन सक्ने भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवै पक्ष संवादमा आउनुपर्ने उल्लेख गरे।

‘एकअर्कातिर कानमा तेल हालेर बस्नु हुँदैन,’ उनले भने, ‘सदन अवरोध मात्रै समाधानको बाटो होइन। अन्य उपायबाट पनि समाधान खोज्नुपर्छ।’

प्रकाशित: १५ चैत्र २०८१ १३:५८ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments