
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजबाट सरकार परिवर्तनको हल्ला अन्त्य भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले नयाँ वर्षको सुरुवातसँग सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाटै अन्त्य भएको बताएका हुन् ।


साथै, उनले नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुन पनि आह्वान गरेका छन् ।‘नयाँ वर्ष आरम्भसँगै सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौं,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0





