Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठस्मार्ट सिटी र नयाँ शहरको काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ :...

स्मार्ट सिटी र नयाँ शहरको काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह


टिकापुर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले स्मार्ट सिटी र नयाँ शहरको काम क्रमिक रूपमा अघि बढाउने बताएका छन् । 

कैलालीको टिकापुरमा रहेको  वीरेन्द्र विद्यामन्दीरको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटिका रूपमा विकास गर्ने काम अघि बढिसकेको भन्दै सरकारले घोषणा गरेका स्मार्ट सिटि र नयाँ शहरको काम अब क्रमिक रूपमा अगाडि बढ्ने बताए । 

त्यस्तै, टिकापुर शैक्षिक शहरका रूपमा विकसित भएकोमा खुशी व्यक्त गर्दै उनले अब शिक्षालाई सीपसँग जोडनुपर्नेमा जोड दिए । 

उनले विद्यार्थीको शैक्षिकसँगै उनीहरूको रुचिको क्षेत्रमा पनि प्रेरित गरेर शिक्षाको गुणस्तरसँगै समग्र व्यक्तित्व विकासमा ध्यान दिन आग्रह गरेका छन् । 

upapradhan-1740192839.jpg

‘यहाँबाट उत्तिर्ण भएर जाने विद्यार्थीहरूले देश, समाजलाई योगदान गर्न सक्ने बनाउन शिक्षकहरूले विशेष ध्यान दिनुपर्छ, उपप्रधानमन्त्री सिंहले भने, शैक्षिक सर्टिफिकेटसँगै केही न केही सिपको सर्टिफिकेट भयो भने आगामी दिन सहज हुन्छ । विद्यार्थीको समग्र विकासमै अब  जोड  दिनुपर्छ ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले विद्यार्थीहरूले पाठ्यक्रम सँगै राजनीतिक, सामाजिक, आर्थिक विषयमा चासो राख्नुपर्ने बताए ।  समाजमा देखिएका बेथितिबारे चासो राखेर समाधानका लागि पनि विद्यार्थीहरूले योगदान गर्न भूमिका खेल्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरेका छन्। 

वीरेन्द्र विद्या मन्दिरले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गरे । यहाँ 

 अध्ययन गरेका विद्यार्थीहरूले अहिले विभिन्न क्षेत्रमा योगदान गरिरहेको भन्दै विद्यालयले दिएको असल शिक्षाकै कारण त्यो सम्भव भएको भन्दै आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिए ।

sing2-1740192872.jpg

स्वरण महोत्सवका अवसरमा विद्यामन्दीरबाट अध्ययन गरि समाजका विविध क्षेत्रमा योगदान गरिरहेका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । विद्यामन्दीरका  पूर्व विद्यार्थी काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारी, शहरी विकास मन्त्रालयका उपसचिव झपट विश्वकर्मा, वरिष्ठ पत्रकार प्रशान्त अर्याललगायतलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नागरिक उन्मुक्ति पारटीका संस्थापक रेशम चौधरी , कांग्रेस नेता रणबहादुर रावललगायतको सहभागिता थियो । आजबाट शुरू भएको महोत्सव ३ दिन चल्नेछ । 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०८:३९




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments