Thursday, April 23, 2026
spot_img
HomeEnglish Newsहामी अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित बन्यो : सञ्चारमन्त्री गुरुङ

हामी अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित बन्यो : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अवसरवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित भएको दाबी गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २७ औँ वार्षिकोत्सव समारोहको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। 

उनले मन्त्रीपिच्छे नै आफू अनुकुलको नियमावली बनाउने रोग भएको कारण कानून कार्यान्वयन प्रभावित भएको पनि स्पष्ट पारे। कानूनलाई समायानुकुल परिवर्तन गर्न र प्रभावकारी कार्यान्वयनको लागि नियमावलीमा खेल्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ रहेको थियो। उनले भने, ‘हाम्रो प्रशासनमा कमजोरी भएकै छ। प्रशासनमा हामी राम्ररी चल्नुपर्‍यो। त्यसका लागि मन्त्रालयले के सहयोग गर्नुपर्छ त्यसका लागि हामी सधैँ तयार छौँ।’ 

आज बनाइएको ऐन एक वर्षभित्र परिवर्तन गर्नुपर्ने तर्क गर्दै उनले थपे, ‘हामीसँग एउटा रोग छ। नेपालकै रोग भन्दा पनि भयो। हामी कुनै पोलिसीको लागि एक्ट बनाउँछौं। त्यसका आधारमा हामी नियमावली बनाउँछौं। तर समयमै कानून अपडेट गर्ने कुरामा हाम्रो ध्यान जाँदो रैनछ। नीति अपडेट गर्ने कुरामा हामीले ध्यान दिदैनौँ। अनि हामी अवसरवादमा लिप्त छौँ। आफू अनुकुलको नियमावली बनाएर, नियमावलीको राज चलिरहेको छ मन्त्रालयमा। हामीले धेरै पटक मन्त्रिपरिषद्मा समेत छलफल गरेर नियमावली, विनियमावलीको राज गर्ने कुराको अन्त्य गर्नुपर्छ भनेर छलफल गरेका छौँ।’ 

मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च न्यून रहेको उल्लेख गर्दै खर्च बढाउन निर्देशन पनि दिएका छन्। उनले प्राधिकरणको प्रशासनिक कमजोरी धेरै भएका कारण समस्या भएको उल्लेख गर्दै यसमा सुधार गर्न सुझाव दिए। 

प्रकाशित: २१ फाल्गुन २०८१ ०९:४८ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments