Thursday, April 23, 2026
spot_img
HomeEnglish Newsहाम्रो अभियानमा ठूलो जनलहर देखियो, आउँदो निर्वाचन जित्नुपर्छ : अध्यक्ष दाहाल

हाम्रो अभियानमा ठूलो जनलहर देखियो, आउँदो निर्वाचन जित्नुपर्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्।

माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनको आइतबार उद्‌घाटन गर्दै उनले एकताबद्ध भएर लागेकै कारण यस क्षेत्रमा भएको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल भएको उल्लेख गरे। 

अध्यक्ष दाहालले माओवादीको १८ महिने शासनकालमा भ्रष्टाचारविरुद्धको अभियानले पार्टीप्रति ठूलो आशा जगाएको भन्दै पार्टीको सङ्कल्पअनुसार जनताले देख्ने, बुझ्ने गरी सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गर्नुपर्ने स्पष्ट पारेका छन्। 

उनले पार्टीले सञ्चालन गरेको हुलाकी सडक अभियानमा जनताको ठूलो उत्साह, सहभागिता र लहर आएकाले यसलाई सङ्गठनमा रूपान्तरण गरी आगामी निर्वाचनमा विजय हासिल गर्न लाग्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले विराटनगरको चक्रपथ सम्पन्न गर्न, सुकुम्बासी समस्या समाधान, अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान र पर्यटन विकासमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि समेत व्यक्त गरे। रासस

प्रकाशित: ८ वैशाख २०८२ ०९:१२ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments