Sunday, November 9, 2025
spot_img
Homeविदेशमासिमरा, बाराका जीवन लामाको उपचारको क्रममा कुवेतमा निधन

सिमरा, बाराका जीवन लामाको उपचारको क्रममा कुवेतमा निधन


दिलकुमार पाख्रीन/२४ अगस्त,कुवेत। बाराको सिमरा घर भएका जीवन लामाको कुवेतको आदान हस्पिटलमा निधन भएको छ। ३१ वर्षिय लामाको २३ अगस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृत्यु भएको हो । के रोगको उपचार गरेको भन्ने स्पष्ट खबर नभए पनि उनको साथिको अनुसार ज्वरो बिग्रीएकोले हस्पिटल गएको बताएका छन।

नेपाली राजदूतावास कुवेतमा यश बिसयमा बुझ्दा राहदानी नं ०९२१८४४ का जीवन लामाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताएका छन। दूतावास स्रोतले ‘मृतक लामा सन २०१७ मा कुवेत आएको देखिएको देखिए पनि केही समय देखी कम्पनीबाट भागेर काम गर्दै आएको पाइएको बताएको छ। स्रोतका अनुसार उनको शव पठाउन आवस्यक प्रक्रिया चाँडै अगाडि बढाइनेछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments