जिल्लाको चौदण्डीगढी नगरपालिकाबाट प्रतिबन्धित लागू औषधसहित ३ युवा पक्राउ परेका छन् ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलटारको टोलीले चेकजाँचको क्रममा लागूऔषध फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सञ्जोक राई र २१ वर्षीय निशान मगर रहेका छन् । उनीहरूको साथबाट ट्रामाडोल १ सय २० एम्पुल, स्पास्पेन १ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: १९ फाल्गुन २०८१ १५:०४ सोमबार




