Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsविभेदका प्रवृत्तिलाई समयमै अन्त्य गर्न जरुरी छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

विभेदका प्रवृत्तिलाई समयमै अन्त्य गर्न जरुरी छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदँलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताएका छन्।

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले महिला हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज पार्न महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न, समानताको व्यावहारिक प्रत्याभूति दिलाउन र बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यक औँल्याए।

अध्यक्ष दाहालले नेपालमा महिलाको सहभागितामा भएका विभिन्न सशक्त र विद्रोहात्मक आन्दोलनको प्रतिफल नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गरेका छन्। राज्यको सर्वोच्च तहदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ।

संविधान र ऐनमार्फत महिलाका पक्षमा व्यवस्था गरिएका कानुनको कार्यान्वयन गरेर मात्रै महिला अधिकार, समानता, सशक्तिकरणका विषय पूरा गर्न सकिने उनको भनाइ छ।

‘लैङ्गिक समानता, महिलाअधिकार एवं समान कामका लागि समान ज्यालाको आवाज उठाउँदै अधिकार प्राप्तिका लागि लड्ने प्रेरणा दिएको आजको दिन ८ मार्च संसारभरका महिलाको लागि ऐतिहासिक र गौरवमय दिन हो। यस दिनले हामी सबैलाई लैङ्गिक समानता, सशक्तिकरण र अधिकार प्राप्तिको आन्दोलनमा एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु,’ उनले भनेका छन्।

अध्यक्ष दाहालले सबैखाले लैङ्गिक विभेद र असमानता अन्त्य गर्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८१ ०७:०८ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments