Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsआईपीओ निष्कासनका लागि थप दुई कम्पनीले दिए निवेदन

आईपीओ निष्कासनका लागि थप दुई कम्पनीले दिए निवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएका छन् । 

बोर्डका अनुसार जलविद्युत समूह अन्तर्गत पर्ने आरती पावर कम्पनी र मेवा डेभलपर्सले पछिल्लो समय आईपीओ निष्कासनका लागि निवेदन पेश गरेका हुन् । 

फागुन ९ गते नै यी दुई कम्पनीले बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएपनि बोर्डले भने चैत ५ गते सार्वजनिक गरेको हो । 

आरती पावरले ३६ लाख कित्ता र मेवा डेभलपर्सले १ करोड १२ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेका हुन् । यी दुई कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा उल्लेखित कित्तामा आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । 

पछिल्लो समय ९० रुपैयाँभन्दा कम प्रतिशेयर नेटवर्थ भएका कम्पनीहरूलाई आईपीओ निष्कासनका लागि बोर्डले कडाइ गरिरहेको छ । पाइपलाइनमा कम्पनीहरू थपिने क्रम जारी रहे पनि स्वीकृति प्रक्रियामा भने बोर्डले सुस्तता ल्याएको छ । 

पछिल्लो समय आईपीओ निष्कासनका लागि आवेदन दिएका दुबै कम्पनीहरूले प्रतिशेयर १०० रुपैयाँ अंंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेका हुन् । आरती पावर कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र मेवा डेभलपर्सको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments