Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठसुन्दर परियारको वालिङ त्रीयासी लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

सुन्दर परियारको वालिङ त्रीयासी लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)


आर डि क्रीएशन/१७ डिसेम्बर, कुवेत। केही समय यता कुवेतलाइ कर्मभुमी बनाइरहेका सुमधुर स्वरका धनि लोक गायक सुन्दर परियारको वालिङ त्रीयासी बोलको नयाँ गीति एल्बम “वालिङ त्रियासी”
युट्युब मार्फत बजारमा अाएको छ । उक्त गीतलाइ गायकले अाफ्नै युटुब च्यानल “Sundar Pariyar” मार्फत बजारमा ल्याएका हुन् । यो गीत उनले धेरै पहिले लेखेका थिए। विविध कारणले उनले यसलाइ बजारा ल्याउन सकिरहेको थिएन। यस पटक भने उनले पुरुष तर्फ आफै र महिलातर्फ लोक गायनको क्षेत्रमा ख्याति कमाएकी राष्ट्रिय लोकदोहोरी गायिका शर्मिला गुरूङको आवाजमा बजारमा ल्याएका छन।

गायकको अाफ्नै लय र शब्द रहेको वालिङ त्रियासीमा संगीत संयोजन रामचन्द्र चन्दले गरेका छन्। उक्त गीतलाइ प्रिज्म स्टुडियोका अनिल अधिकारीले रेकर्ड गरेका हुन् । गिरिस रिजाल समिपको निर्देशनमा बनेको वालिङ त्रियासीको भिडियोमा सुरज प्रभात छिनाल, सुन्दर, सम्झना कडेल र जस्मिनले अभिनय गरेका छन् । निमा मुभिजको उत्पादनमा बनेको उक्त म्युजिक भिडियोको अडियो को मिक्सिङ श्याम स्वेता रसाइलीले गरेका छन् भने टार्जन खड्काले कलर संयोजन तथा सम्पादन गरेका हुन् ।

झण्डै एक दर्जन गीति एल्बम बजारमा ल्याइ सकेका प्रवासी गायक सुन्दर परियारको यो नयाँ गीत किशोराबस्थामा बस्ने माया प्रीति र अपरिपक्वताको कारण बिचैमा छुट्ने हाम्रो समाजको विसंगतिलाइ देखाउन सफल भएको छ । यो गीति एल्बम बजारमा ल्याए पछि गायकले सानै देखिको सपना बल्ल पुरा भएको बताउँदै यो गीत दर्शक-श्रोतामाझ ल्याउन गायनबाट साथ दिने शर्मिला गुरूङ, प्रिज्म डिजिट्ल रेकर्ड स्टुडीयो, बिबी अनुरागी, बि बि मल्ल ठकुरी, अनि राम चन्द्र चन्द, सम्झना कँडेल ,सुरज प्रभात छिनाल,जस्मिन लागायत सबैलाइ धन्यबाद दिएका छन् । उनले यो भन्दा केही महिना अगाडि मात्रै पनि कुवेतबाटै आर डि क्रीएशनको रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरेर दशैं तिहार सम्बन्धिको गीत श्रोता दर्शकमाझ पस्केका थिए।

वालिङ त्रीयासिको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments