Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsकलाकार ऐरको निधन | Nagarik News

कलाकार ऐरको निधन | Nagarik News

कलाकार तेजा ऐरको शनिबार निधन भएको छ। नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाइ डबलबहादुरले जानकारी दिए।

कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए। तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए। थारू भाषाको चलचित्र ‘मोर बस्ती’बाट यस क्षेत्रमा डेब्यु गरेका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनालयको भूमिका निर्वाह गरेका थिए।

ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभियन गरेका थिए। विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका थिए। रासस

प्रकाशित: २४ चैत्र २०८१ ०७:०२ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments