Homeगृहपृष्ठफिदिममा अटो दुर्घटना : ६ जना घाइते RD Creation

फिदिममा अटो दुर्घटना : ६ जना घाइते RD Creation


 पाँचथर ।  पाँचथरको फिदिम नगरपालिका–४ माझिटारमा मंगलबार अटो अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

फिदिमबाट माझिटारतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ स ११११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा कुबेर तुम्बापो, बलबहादुर तुम्बापो, कैलास सुब्बा, रामबहादुर आङदेम्बे, वीरबहादुर लिम्बु लगायत ६ जना घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी सहायक नायब निरीक्षक (सई) पूर्ण गौतमका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments