Tuesday, April 21, 2026
spot_img
Homeगृहपृष्ठतिनकुने घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र शाह हुन् : ईश्वर पोखरेल

तिनकुने घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र शाह हुन् : ईश्वर पोखरेल


पोखरा : प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले चैत्र १५ गते राजावादीहरुको प्रदर्शनको क्रममा तिनकुनेमा भएको घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् ।

पोखरेलले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने बताए । एमालेद्धारा आज कास्कीमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले आवश्यक प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन र कारबाही हुने विश्वास दिलाए ।

तिनकुने घटनामा ज्ञानेन्द्र शाहलाई जोड्दै पोखरेलले भने,‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments