Skip to main content

Rd Creation

ओपोद्वारा ६ जीबी र्यामको \’एफफाइभ रेड एडिशन\’ सार्वजनिक

[ad_1]

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले एफफाइभ अन्तर्गत नै पूणः नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी पावरफूल रेड (रातो) रंगमा सार्वजनिक गरेको छ ।

ओपोले आफ्ना उपभोक्ताहरु विशेष गरी यूवा पुस्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ केही समय अगाडी मात्रै एफफाइभ सिक्स जीबीको ब्लयाक एडिशन र एफफाइभ यूथपनि सार्वजनिक गरिसकेको छ ।


नेपाली बजारमा ओपोले छोटो समयमा नै फेशनेवल, स्टाइलिश फोन निर्माताका रुपमा आफ्नो परिचत स्थापित गरी सकेको छ ।

\

ओपो एफफाइभ सिक्स जीबी रेड एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले भने, ‘ हाम्रो नयाँ फ्ल्यागशिप मोडल ओपो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाँका लागि हामी आदर्णिय उपभोक्ता तथा समग्र सरोकारवाला प्रति कृतज्ञछौँ । प्राप्त प्रतिक्रियाले हामीलाई नेपाली उपभोक्ताका लागि अझ उत्कृष्ट उत्पादनहरु पस्कँदै जाने प्रेरणा मिलेको छ ।

यही क्रममा गत हप्ता मात्रै हामीले एफफाइभ सिक्स जीबीको ब्ल्याक एडिशन र एफफाएभ यूथपनि बजारमा उपलब्ध गराइसकेका छौँ । यिनका लागि प्राप्त प्रतिक्रियाले हामीलाई थप एडिशन तपाईहरु सामु उपलब्ध गराउन हौसला मिलेको छ । आज सार्वजनिक नयाँ एफफाइभ सिक्स जीबी रेड एडिशनका लागि पनि त्यस्तै माया, साथ र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’


ओपो एफफाइभ सिक्स जीबी फेशनेवल रातो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी ¥याम र ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको छ ।

\

पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभूती प्रदान गर्नुका साथै स्टाइलिश तथा फेशनेवल रातो रंगले उपभोक्तालाई सँधै फेशनेवल बेष्ट देखाउन सघाउने कम्पनीको दावी छ ।


सेल्फीमा रहेका मानिसकै आधारमा ब्यक्तिगत ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने सोचका साथ सार्वजनिक नयाँ फोनमा उद्योगकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधि उपलब्ध गरिएको छ ।


\

२ सय भन्दा बढी फेशियल रेकग्निशन स्पट्स सहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेस मार्फत फेशियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ ।

फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ ।

एफफाइभ सिक्स जीबी रेड एडिशनको मूल्य रु.

४४ हजार ९ सय ९०

निर्धारण गरिएको छ ।



[ad_2]

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.