Homeगृहपृष्ठचार दिनमा चार जिल्लामै लागूऔषधसहित पाँचथरका युवाहरु पक्राउ RD Creation

चार दिनमा चार जिल्लामै लागूऔषधसहित पाँचथरका युवाहरु पक्राउ RD Creation


फाेटाे एआइबाट बनाइएकाे हाे । 

पाँचथर। पछिल्ला चार दिनमा कोशी प्रदेशका चार जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा पाँचथरका युवाहरु लागूऔषधसहित पक्राउ परेका छन् ।

बिहिबार जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले फिदिम–१ मेनरोडमा रोशन सुबेदी र आठराईका राजु कटुवाललाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १ ग्राम १९० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

शुक्रबार ताप्लेजुङको फुङलिङमा ताप्लेजुङ प्रहरीले हिलिहाङका रोशन लिम्बुलाई २ ग्राम ७५० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसै दिन इलाम प्रहरीले फिदिम–१ का भुवन राय र सञ्जु तामाङलाई १६ ग्राम ८१० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।

आइतबार झापामा गरिएको कारबाहीमा फिदिम–१ का नुमसिक लिम्बुलाई ३ ग्राम ५२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि जिल्लागत रूपमा निगरानी र कारबाही अभियानलाई थप कडाइका साथ अघि बढाइरहेको जनाएको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments