बराहक्षेत्र।”हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रका साथ स्थापित विश्वकै सबैभन्दा ठूलो सामाजिक सेवाको संस्था लायन्स इन्टरनेशनल अन्तर्गत डिष्ट्रिक ३२५ सी को एरिया ४ का क्लबहरूको संयुक्त आयोजनामा क्यान्सर रोगसँग जुधिरहेका ५ बर्षिय बालक सुवर्ण घिमिरेको उपचारार्थका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।
बराहक्षेत्र वडा नं ६ निवासी बालक सुवर्ण घिमिरे अहिले क्यान्सरबाट पीडित छन्।आर्थिक अवस्था पनि कमजोर भएकाले उनको उपचारका लागि सहयोग सङ्कलन भइरहेको छ।सोही अनुसार लायन्स क्लवको डिस्ट्रिक ३२५ एरिया ४ का क्लवले सहयोगार्थ संकलित रकम रू १,०१,०००/- (एक लाख एक हजार मात्र) प्रदान गरिएको लायन्स क्लव अफ सप्तकोशीका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक प्रोग्राम को-अर्डिनेटर लायन सन्तोष चौलागाईंले बताए।
बराहक्षेत्र नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच बिरामीका अभिभावकलाई रमक हस्तान्तरण गरिएको थियो ।
यस मानवीय सेवाको कार्यमा व्यवस्थापन पक्षमा क्लबका पूर्व अध्यक्ष तथा रिजन चेयर पर्सन लायन दुर्गानन्द दास (बिक्रम)कोमहत्वपूर्ण भूमिका रहेको बताइएको छ।
यस कार्यमा लायन्स क्लब,डिस्ट्रिक एरिया ४, लायन्स लिडरको उपस्थित समेत रहेको थियो। साथै ग्रामीण भेगमा रहेको यस क्लबको सेवा क्षेत्रमा एरिया ४ ले महत्वपूर्ण कार्य गरेको हो। कणलवले यस्ता मानवीय हित हुने काम ,सामग्री हस्तान्तरण ,सिर्जना ,कलालाई प्रोत्साहन गर्ने ,नागरिकमा जागरण फैल्याउने जस्ता काम गर्दै आइरहेको छ।