बराहक्षेत्र, साउन ४ — सिटिजन बैंक लिमिटेड, चक्रघट्टी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बराहक्षेत्र नगरपालिका–८, शुक्रबारेस्थित जनता आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरेको छ।
बराहक्षेत्र नगरपालिका–८ का वडाध्यक्ष रोशन खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीलाई विद्यालय ब्याग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सिटिजन बैंक चक्रघट्टी शाखाका शाखा प्रबन्धक विपिन पौडेलको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष रोशन खड्काले सिटिजन बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे।
उहाँले बैंकको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध यस्ता सहयोगमूलक कार्यले गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा र राहत पुग्ने विश्वास व्यक्त गरे।