Skip to main content

Rd Creation

अंग्रेजी नयाँ बर्ष 2022 को अवसरमा NRNA कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता गर्ने

राम्रो दृष्टि/२७ नोभेम्बर, कुवेत। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर -२४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै कुवेतमा क्रुयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगाएत कुवेतलाइ कर्मभुमी बनाइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहने प्रवक्ता घलानले बताएका छन। उनले फहाहिल नेपालिहरुको बाक्लो बस्ती भएको र टाढा टाढाबाट आउनलाइ पनि साझा बसको अत्यन्तै राम्रो सुविधा भएको कारण पनि बढी दर्शकहरू उपस्थित हुन सक्ने बताए।

प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र,तेस्रो पुरस्कार प्रमाणपत्र, ट्रोफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाइ नगद २५ कुवेती दिनार, ट्रोफी र प्रमाणपत्र प्रदान गरिनेछ।

गैरआवसीय नेपाली संघले पछिल्लो कार्यकालमा नै भलिबलको आयोजना गर्न सम्पुर्ण तयारी सकेपनी कोरोनाका कारण खेल गराउन सकेको थिएन। कोरोना भाइरसको महामारी सामन्य हुने बित्तिकै २०२१ मा अन्तर नेपाली भलिबल प्रतियोगिता र २०२२ मा अन्तर नेपालि फुटबल प्रतियोगिता सम्पन्न गर्ने उदेश्य सहित आयोजना गर्न लागेको कार्यक्रमका संयोजक नबराज पराजुलिले बताएको छ। उनले उक्त दिन कार्यक्रम नजुधाइ दिनुहुन र कार्यक्रममा उपस्थित हुनुभइ कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरेका छन।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.