Homeगृहपृष्ठझापाका उमेश राइले जिते हिमालयन अवार्ड

झापाका उमेश राइले जिते हिमालयन अवार्ड

ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए। ओभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य पाँच तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन्।

प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो। ५५ केजीमा पावर फिट्नेस एन्ड जिम कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा नेपाल व्यायम मन्दिरका डेविड बलामी, ६५ केजीमा नेपाल जिम एन्ड फिट्नेस रुपन्देहीका श्री थापामगर, ७० केजीमा आर्मीका रमेश कार्की र ७५ केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेस ढल्कोका नरेश मालाकार पहिलो भएका थिए।

उपाधिसँगै उमेशले दुई लाख ५० हजार नगद पुरस्कार हात पारे। उमेशले आफ्नो तौलसमूहमा पहिलो भएवापत छुट्टै २५ हजार नगद पुरस्कार पनि हात पारे। अन्य तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे।

पुरुष एथलेटिक्स फिजिकमा फिट्नेस प्लसका विश्वराम केसी पहिलो, डिभाइन फिजिकल एन्ड फिट्नेसका निशान्तमान प्रधान दोस्रो र ताहचल फिजिकल फिट्नेसका डम्बरसिंह मार्कन्ड तेस्रो भए। पुरुष जुनियर शारीरिक सुगठनमा ऐराहिटी फिट्नेस एन्ड जिमका कृष्ण महर्जन पहिलो, फिट्नेस स्टुडियोका राजु राई दोस्रो र डिभाइनका अंकितमान शाक्य तेस्रो बने।

पुरुष स्पोर्ट्स फिजिकमा ग्रुभ फिट्नेसका प्रमोद राई पहिलो, पम्पिङ आइरनका सन्तोष विक दोस्रो र जिमखानाका सुखदेव कार्की तेस्रो भए। महिला एथलेटिक फिजिकमा व्यायाम मन्दिरकी रजनी श्रेष्ठ पहिलो, डिभाइनकी सुजिता मानन्धर दोस्रो र पावर हाउसकी पूजा श्रेष्ठ तेस्रो स्थानमा रहे। चारै विधामा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले पुरस्कृत गरे। अर्को संस्करणदेखि मिस्टर हिमालय उपाधि विजेतालाई नगद पाँच लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अन्नपूर्ण पोस्टबाट

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments