10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
HomeखेलकुदNRNA कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिताको मिति सर्‍यो, टाइशीट ३० तारिक साँझ...

NRNA कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिताको मिति सर्‍यो, टाइशीट ३० तारिक साँझ प्रकाशन गर्ने।

राम्रो दृष्टि/ १९ डिसेम्बर, कुवेत। गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।

- Al Muzaini Exchange Kuwait-

गैरआवासीय नेपाली संघका युवा संयोजक नवराज पराजुलिले विविध प्राविधिक कारणले मिति परिवर्तन गरि ७ जनवरिका दिन गर्ने जानकारी दिएका हुन। उनले आजकै दिनबाट टिम दर्ता गर्न सकिने र अन्तिम टिम दर्ता ३० टारिक विहिवार साँझ ५ बजे सम्म रहेको समेत जानकारी गराएका छन। उनले भने “२९ तारिक साँझ ५ बजे सम्म टिम दर्ता गराएर सोही दिन साँझ ७ बजे टाइशिट सार्वजनिक गर्नेछौँ।” टिम दर्ताका लागि महासचिव दिलकुमार पाख्रीनलाइ 97557313 मा युवा संयोजक नबराज पराजुलिलाइ 50616895 मा र साँस्कृतिक विभाग प्रमुख मोहन राई लाई 66223024 सम्पर्क गर्न सकिनेछ। टाइशीटको लागि २९ तारिक माबुल्लाको नमस्ते नेपाली रेस्टुरेन्टमा टिम म्यानेजर वा टिमको प्रतिनिधि उपस्थित हुनुपर्ने छ।

प्रतियोगिता स्तरिय ढङ्गबाट कुवेत सरकारकै भलिबल कोर्टमा हुने हुँदा चौतर्फी सिसि क्यामेरा जडान गरिएको जानकारी गराउँदै खेल हेर्न आउनुहुने दाजुभाइ दिदिबहिनिहरुले कुनै पनि किसिमको मदिरापान नगरी आउनुहुन अनुरोध गरिएको छ।

प्रतियोगिताको पुरस्कारमा भने परिवर्तन भएको छैन। प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता हुने
मिति: ०७ जनवरी २०२२
समय: बिहान ठिक ८ बजे
स्थान: फाहाहिल क्लब फहाहिल अक्सिजन जिमको पछाडी

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Conor mcgrager, Irishan आँखा राजनीति लडाई

Dublin: आयरिश मिश्रित मार्शल आर्ट सेना लडाकू कर्ड कर्वर म्याकरग्रीगोरले अमेरिकी महामारी डोनाल्ड ट्रम्पले बृद्धि गरेको इन्चार्ज गरेको अपील गरे। तर उच्च कार्यालयमा...

Raksunu बचतकर्ताहरूले समस्याग्रस्त महिना पछि भावना

मियामी बगैंचाहरू: बेलायतका एम्मा रविरूले शुक्रबार मियामीमा आठौं-बीजमा अमेरिकी एम्मा नेवरको महाकाव्य जितेका थिए र जे पनिले 2021 अमेरिकी खुला उपाधिमा उनका केही...

Conor mcgrager, Irishan आँखा राजनीति लडाई

Dublin: आयरिश मिश्रित मार्शल आर्ट सेना लडाकू कर्ड कर्वर म्याकरग्रीगोरले अमेरिकी महामारी डोनाल्ड ट्रम्पले बृद्धि गरेको इन्चार्ज गरेको अपील गरे। तर उच्च कार्यालयमा...

Raksunu बचतकर्ताहरूले समस्याग्रस्त महिना पछि भावना

मियामी बगैंचाहरू: बेलायतका एम्मा रविरूले शुक्रबार मियामीमा आठौं-बीजमा अमेरिकी एम्मा नेवरको महाकाव्य जितेका थिए र जे पनिले 2021 अमेरिकी खुला उपाधिमा उनका केही...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू