9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठNRNA कुवेत र ...

NRNA कुवेत र नेपाली दूतावास बिच परिचयत्मक कार्यक्रम सम्पन्न, कुवेतको विभिन्न समस्याहरुको बारेमा छलफल

राम्रो दृष्टि/१३ अगस्ट कुवेत। NRNA कुवेतका नव निर्वाचित कार्यसमितिले नेपाली दूतावास कुवेतसंग आज दिउँसो परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ। COVID-19 को महामारिलाइ मध्यनजर गर्दै सामाजिक दूरी कायम गरि निर्वाचित कार्यसमितिका १६ जना र दूतावास परिवारबिच मैत्रीपुर्ण भेटघाट तथा परिचयत्मक कार्यक्रम आज सम्पन्न भएको हो।

कार्यक्रममा NRNA को तर्फबाट ICC सदस्य हरि लावती, संरक्षक अर्जुन तामाङ, सल्लाहकार गणेश रावत, अध्यक्ष रण ध्वोज लामा, उपाध्यक्ष अमृता बान्तावा र उमेश पुडासैनी, महासचिव दिलकुमार पाख्रीन, सह कोषाध्यक्ष सोनाम लामा, महिला संयोजक रमिता योन्जन महिला सह महिला संयोजक सजिना गुरुङ, युवा संयोजक नबराज पराजुली लगाएतका टोलि उपस्थित थिए भने नेपाली दूतावासको तर्फबाट महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, द्वितीय सचिव श्रीकृष्ण सिल्वाल र श्रम सहचारी हेमकुमार अधिकारी उपस्थित थिए।

परिचयत्मक कार्यक्रमसंगै कुवेतका नेपाली श्रमिकहरुको समस्या सम्बन्धी विभिन्न खाले समस्या समाधानका बिसयमा छलफल गरेका छन। छलफलका क्रममा महामहिम राजदूतले बार्षिक बिदा तथा अन्य विभिन्न कारण नेपाल गएर पुन: सहज रुपमा रोजगारिमा फर्किनका लागि नेपाली कामदारले भोग्नु परेको सास्तिप्रती दुख ब्यक्त गर्दै त्यसलाइ पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छलफल गरि रहेको र केही दिनमा नै त्यो समस्याको समाधान हुने बताउनुभएको छ। अनलाइन श्रम स्वीकृति समबन्धी धेरै चासोका साथ जानकारिका लागि धेरै टेलीफोनहरु आइरहेको र त्यसलाइ अहिले तुरुन्तै अनलाइन श्रम गर्न अनलाइन विमा भुक्तान तथा eye test जस्ता कार्यहरु विदेशबाट हुन नसकिरहेकोले त्यसमा काम भैरहेको र निकट भविस्यमा नै कुवेतबाट अनलाइन श्रम गर्न सकिने व्यवस्था हुने श्रम सहचारी हेमकुमार अधिकारिले बताउनुभएको छ।

आजको कार्यक्रममा सँधै विवादित रहेको घरेलु कामदारको बिसयमा समेत छलफल भएको छ। वक्ताहरुले बन्द गर्ने भए कुवेत सरकारलाइ पत्रचार गरेर नेपालबाट घरेलु कामदारको लागि भिसा नै इस्यु नगर्न लगाउनु होइन भने तेस्रो मुलुक हुँदै श्रम नै नगरी कुवेत आइपुगेका घरेलु कामदारहरु बढी समस्या पर्ने भएको हुँदा वैधानिक अरिकाले नै श्रम गरेर आउने र आए पछि पनि सुरक्षीतताको व्यवस्थापन गर्न कुरा उठाए पनि महामहिम ज्युले यश बिसयमा थप अध्ययन सहित आवस्यक कदम चाल्ने बताउनुभएको छ।

साथै अवैधानिक रहेका नेपाली श्रमिकहरुलाइ COVID-19 विरुद्ध खोप लगाउन ब्यबस्था मिलाउन आग्राह गर्दा, नेपाली दूतावास र NRNA को संरक्षणमा नै अवैधानिक भएको बसेको रहेछ भन्ने सन्देश जान सक्ने हुँदा यो कार्य गर्न कठिनाइ रहेको बताउनुभएको छ। यदि अन्य देशमा नागरिकहरुले व्यवस्था गरेछ भने नेपाली दूतावास पनि त्यस कार्यमा लागि परि गर्नुपर्ने काम गर्न तयार रहेको बताउनुभएको छ।

त्यस्तै गरि दूतावासमा राखिएको हटलाइन नम्बरबाट WHATSAPP, IMO, VIBER जस्ता निशुल्क कल गर्न सक्ने गरि संचालनमा ल्याउन अनुरोध गर्दा, ती बाहेक इमेल र फेसबुक म्यासेज समेत सक्रिय भएको कारण त्यो त्यति बढी महत्त्वपूर्ण नभएको बताउनुभएको छ।

त्यसका साथै कुवेतको नेपाली श्रम बजारमा कामदारको अत्यन्तै माग भैरहेको र निकट भबिस्यमा नै कुवेत सरकारले भिसा खुलाउन सक्ने हुँदा दक्ष कामदार ल्याउन, म्यानपावर कम्पनिहरुद्वारा कामदार नठगिउन भन्ने उदेश्यले आर्थिक सिमितता, कामदारको माग आउँदा कम्पनिको बारेमा पुर्ण अनुसन्धान गरेर मात्र मागपत्र पास गराउने जस्ता बिसयमा गम्भिर छलफल भएको छ। अहिले कम तलव पाइरहेका कम्पनीबाट भागाएर अन्य कम्पनिमा बढी तलबमा काम लगाइदिने प्रलोभनमा पारी भगाएर अवैधानिक बनाउनेहरुको समूह व्हात्तै बढेको छ। जसका कारण बिरामी पर्दा उपचार नपाउने, नेपाल फर्किने बेला विभिन्न समस्या भोग्नुपर्ने, भनेको बेला ट्राभल गर्न नपाउने जस्ता समस्याहरु बढिरहेकोले विभिन्न खाले सचेतमुलक कार्यक्रम आयोजना गरि अवैधानिक नबन्न सुचित गराउने लगायत अन्य धेरै छलफल भएको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू