10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठNRNA द्वारा लाप्राक बस्ती लालपुर्जा सहित लाभग्राहिलाइ हस्तान्तरण कार्यक्रम सम्पन्न

NRNA द्वारा लाप्राक बस्ती लालपुर्जा सहित लाभग्राहिलाइ हस्तान्तरण कार्यक्रम सम्पन्न

राम्रो दृष्टि/ २४ अप्रील, कुवेत। आज गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह वीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा सहित धार्चे गाउंपलिकाका लाभग्राहिहरुलाई एक समारोह बीच हस्तान्तरण गर्नु भएको छ । साथै उहांहरुले दाताहरुको नाम भएको शिलापत्रको अनावरण गर्नु भयो ।

२०७३ साल बैशाख १२ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो ।

- Al Muzaini Exchange Kuwait-

आजको हस्तान्तरण समारोहमा धार्चे गाउपालिका वडा नं. ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरुको सम्मानमा स्वागत मन्तब्य दिनु भयो ।आजक प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना वस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्न हुने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघ संस्थाहरु प्रति आभार प्रकट गर्नु भयो । उहांले पूर्वधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने वताउनु भयो ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भई आज हस्तान्तरण गर्न पाउंदा अत्यन्त खुशी लागेको बताउंदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औंल्याउनु भयो । उहांले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । यसै गरि उहांले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट र सल्लाहकार जमुना गुरुङ साथै परियोजना सह संयोजक श्याम तामाङ्गलाई पनि बिषेश धन्यवाद दिनु भयो ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७,६६,०४,८३६।४९ रुपिंयाको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, संघसंस्थाहरु लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।

तीन नम्बर गणका गणपति, साहयक रथी, कुमार बाबु थापाले नेपाली सेना यस पुनर्निमाण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वीत भएको वताउंदै नेपाली सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराउनु भयो ।

कार्यक्रममा धार्चे गाउंपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तब्य दिनुका साथै सहभागीहरुलाई मायाको चिनो दिनु भएको थियो । जग्गा धनिपूर्जा सहित नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकोमा उहांले नेपाल सरकार र गैरअवासीय नेपाली संघलाई हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

- BARAHA GOLD CUP 2081 -

आज यस कार्यक्रममा माननीय हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु, गाउंपालिकाका उपाध्यक्ष, पूल माया गुरुङ, सल्लाहकार एसि शेर्पा, उपाध्यक्षहरु डा. बद्री केसी र रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोज राम चन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आइसिसि सदस्य चिन्तामणि सापकोटा, परियोजनासह संयोजक श्याम तामाङ्ग, तमूधि यूके प्रतिनिधि, कृष्ण गुरुङ लगायत विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरु, संचारकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु, लाभग्राहीहरु लगायत स्थानीय जनताहरुको सहभागीता रहेको थियो ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Conor mcgrager, Irishan आँखा राजनीति लडाई

Dublin: आयरिश मिश्रित मार्शल आर्ट सेना लडाकू कर्ड कर्वर म्याकरग्रीगोरले अमेरिकी महामारी डोनाल्ड ट्रम्पले बृद्धि गरेको इन्चार्ज गरेको अपील गरे। तर उच्च कार्यालयमा...

Raksunu बचतकर्ताहरूले समस्याग्रस्त महिना पछि भावना

मियामी बगैंचाहरू: बेलायतका एम्मा रविरूले शुक्रबार मियामीमा आठौं-बीजमा अमेरिकी एम्मा नेवरको महाकाव्य जितेका थिए र जे पनिले 2021 अमेरिकी खुला उपाधिमा उनका केही...

Conor mcgrager, Irishan आँखा राजनीति लडाई

Dublin: आयरिश मिश्रित मार्शल आर्ट सेना लडाकू कर्ड कर्वर म्याकरग्रीगोरले अमेरिकी महामारी डोनाल्ड ट्रम्पले बृद्धि गरेको इन्चार्ज गरेको अपील गरे। तर उच्च कार्यालयमा...

Raksunu बचतकर्ताहरूले समस्याग्रस्त महिना पछि भावना

मियामी बगैंचाहरू: बेलायतका एम्मा रविरूले शुक्रबार मियामीमा आठौं-बीजमा अमेरिकी एम्मा नेवरको महाकाव्य जितेका थिए र जे पनिले 2021 अमेरिकी खुला उपाधिमा उनका केही...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू