17.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठNRNA नै बदनाम हुने गरि सामाजिक सञ्जालमा आएको अभिव्यक्ति प्रती NRNA को...

NRNA नै बदनाम हुने गरि सामाजिक सञ्जालमा आएको अभिव्यक्ति प्रती NRNA को ध्यानाकर्षण सहित प्रेस विज्ञप्ति

- Advertisement -

RD Creation/18 फेब्रुअरी। गैरआवसिय नेपाली संघले पछिल्लो समयमा COVID-19 का कारण मध्यपुर्वका विभिन्न देशहरु र मलेसियाबाट समस्यामा परेका धेरै नेपाली श्रमिकहरुलाइ उद्दार गरि नेपाल पठाएका छन। कुवेत, बहाराइन, साउदी, कतार, दुबई, ओमन र मलेसिया जस्ता घना नेपाली कामदार रहेको देशबाट आज सम्म हजारौँ नेपाली श्रमिकहरुलाइ उद्दार गरिसकेको छ। पछिल्लो समयमा उद्दार गर्ने क्रममा नै NRNA नै बदमाम हुने गरि विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा देखिएको अभिव्यक्तिहरुप्रती गैरआवसिय नेपाली संघको ध्यानाकर्षण भएको भन्दै संघका प्रवक्ता डिबि क्षेत्रीले प्रेस विज्ञप्ती सार्बजनिक गरेका छन। विज्ञप्ती जस्ताको त्यस्तै; प्रेस विज्ञप्ति

कोभिड १९ को महामारी पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकाय सम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो ।

- Advertisement -

सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दे आएको छ । कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् । सोको जानकारी संघका पदाधिकारीहरुलाई वेलाबेलामा दिइएको छ ।

श्रमिकहरुको उद्धारका बिषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुरा प्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

राहात तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शि होस भनेर सचिवालमा छुट्टै संयन्त्र राखिएको छ र जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको छ । उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ । साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको कुरा समेत सहर्ष जानकारी गराउँदछौं । विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रकृया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्नेक्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्णीहरु प्रति संघ संवेदनशील छ ।

- Advertisement -

राहत तथा उद्धारका क्रममा कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने छ । त्यसैले कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रकृयामा सहयोग गर्न आग्रह गर्दछौं ।

हाल सम्म मध्यपूर्वका बिभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पु-याईएको छ ।

- Advertisement -

साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।

साथै दातृसंस्थाको सहकार्यमा मलेशियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ । ती १८ जना ब्यक्तिहरु ज्यादै समस्यामा रहेका र धेरै बर्षदेखि मलेशियाका जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको छ ।

डिबि क्षेत्री

प्रवक्ता

गैरआवासीय नेपाली संघ ।

सन् २०२१ फेब्रुअरी १८

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttp://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments