9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeस्वास्थ्यNRNA ले दिएको...

NRNA ले दिएको प्रकाशको नयाँ जिवन


राम्रो दृष्टि/ २७ अप्रील, कुवेत। गएको अक्टोबर महिना काठमाडौंस्थित त्रिभुवन विमान स्थलमा एकजना यात्री ह्वील चेयरमा उत्रिए । उनी झन्डै ७ बर्ष साउदिको अस्पतालमा बिताएका झापाका प्रकाश गुरुङ थिए। उनको खुट्टा चल्ने अवस्थामा थिएनन् । विमानबाट स्वयंसेवकहरुले बल्ल उनलाई हवी्लचेयरसहित उतारेका थिए । शारीरिक रुपमा अशक्त थिए उनी, बोल्न सक्दैनथे, खुट्टामा जुत्ता चप्पलसमेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका थिए उनी । उनको अनुहारमा कुनै कान्ती थिएन । उनी थिए, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं १० निवासी ३५ वर्षिय प्रकाश गुरुङ । त्यसको ठीक ६ महिनापछि अहिले प्रकाश ठमठम हिँड्छन्, शारीरिक रुपमा पनि उनी तन्दुरुस्त छन् । नेपाल फर्केको झन्डै ६ महिनाको अन्तरालमा गुरुङले आफूले नयाँ जीवन पाएका अनूभूति गरिरहेको बताएका छन् । उनका आफन्तहरु समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर दंग छन् ।

गुरुङका आफन्त भन्छन्, “कस्तो अवस्थामा नेपाल आएको थियो, अहिले कस्तो भयो, सुरुमा नेपाल ल्याउँदा त हामीले यत्तिको तन्दुरुस्त र यस्तो सुधार होला भनेर कल्पना पनि गरेका थिएनौँ ।” उनका आफन्तले थपे, “अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, हिँडडुल गर्न सक्छन् र निकै स्वस्थ भएका छन् ।”

प्रकाशको परिवारमा मात्रै होइन, छरछिमेकमा समेत खुसियाली छ । गैरआवासीय नेपाली संघले गत वर्षदेखि सुरु गरेको मानवीय उद्धार अन्तर्गतको सहयोगको प्रसंशा गाउँले सबैले खुलेर गर्ने गरेका छन् ।
प्रकाश अहिले फुर्सदको बेला साथीभाइसँग गफिने गर्छन् । उनको खुशीको सीमा छैन । मनकारीहरु सामुहिक प्रयासले अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रकाश गुरुङ ।

सन् २०१३ मा प्रकाश वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका थिए । जटिल स्वास्थ्य समस्याका कारण झन्डै ७ वर्ष साउदी अरबको अस्पतालमा भर्ना भई झण्डै अचेत अवस्थामा रहेका उनलाई गैरआवासीय नेपाली संघले नेपाली राजदुताबाससँगको समन्वयमा गत अक्टोबर अन्तिम साता संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत सकुशल उद्दार गरी नेपाल फर्काइएको थियो ।

गुरुङलाई नेपालसम्म फर्काउने कार्यमा साउदीस्थित गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली राजदुताबास साउदी अरेविया तथा संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीले महत्वपूर्ण भुमिका खेलका थिए ।
गैरआवासीय नेपाली संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले मध्यपूर्वमा अलपत्र परेका नेपालीहरुको उद्धारको कार्य जारी राखेको छ । हाल सम्म १७ हजारभन्दा बढीको उद्धार गरेको छ । नेपाल ब्रीटेनबाट

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू