Thursday, April 23, 2026
spot_img
Homeस्वास्थ्यNRNA कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर यहि २९ अक्टोबरमा।

NRNA कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर यहि २९ अक्टोबरमा।

राम्रो दृष्टि/ २६ अक्टोबर, कुवेत। गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन नि:शुल्क स्वास्थ्य शिवीर हुने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपालि दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता संगै सो शिविर हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन।

उनले कुवेतमा विभिन्न किसिमले स्वास्थ्य चेकजाँचबाट बन्चित हुन पर्दा कुवेतमा नेपालिहरुको मृत्युदर बढेको भन्दै यो कार्यक्रमको अत्यावश्यक रहेको बताएका छन। शिबिरमा Blood, pressure, Sugar, ECG, x-ray र Doctor consultration गराउन सक्ने अध्यक्ष लामाले बताएका छन। साथै आवस्यकता हेरेर PCR र cholesterol समेत चेक गर्न सकिनेछ।

पछिल्लो समय अवैधानिक नेपालीहरु तथा कुवेतको श्रमबजारमा न्यून तलवमा काम गरिरहेका नेपालीहरु स्वास्थ्य चेकजाँच तथा समयमा उपचार गराउन नसक्दा अकालमै ज्यान गुमाइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको र यसलाइ न्यूनीकरण गर्न यस्तो खाले कार्यक्रमको निक्कै महत्त्व रहेकोले यस्तो कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ। यसका लागि NRNA कुवेतले विभिन्न स्वास्थ्य प्रादायक कम्पनिहरुसंग समन्वय गरेर छुटको ब्यबस्था गर्ने तयारी गरिरहेको र केही दिनमा नै नेपालिहरुले प्रत्यक्ष लाभ लिन सक्ने गरि छुट कार्डको ब्यबस्था हुने बताएका छन।

यश नि:शुल्क स्वास्थ्य सिविरमा उपस्तिथित हुने नेपालिहरुको लागि मेट्रो मेडिकलबाट २०% छुट कार्डको समेत ब्यबस्था गरेको छ।

कुवेतमा विभिन्न किसिमले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुले कुवेतको सिभिल आइडिको कपि वा पासपोर्टको कपि लिएर यो अवसरको फाइदा लिनका लागि अध्यक्ष लामाले अनुरोध गरेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments