Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठझोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनायो।

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनायो।

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस , सम्मान तथा पुरस्कार वितरण , शैक्षिक प्रदर्शनी लगायत विविध कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको छ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विधालयका जग्गादाता परिवार, विधालयका पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व विधार्थीहरू लाई एक साथ सम्मान गरेको थियो । विधालयमा अध्यनरत विधार्थीहरूले बनाएका शैक्षिक सामग्रीहरूको प्रदर्शनी लगायत कार्यक्रम गरिएको थियो। वार्षिकोत्सवको अवसरमा विधालयका पूर्व विधार्थी डा . दिनेश न्यौपानेले नगद ५० हजार रुपैयाँ विधालय लाई सहयोग गरेका छन्। कार्यक्रममा विधार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्या देवी भण्डारी, विशिष्ट अतिथी कोशी प्रदेश सांसद जय प्रकाश चौधरी, भिम पराजुली , ललिता चौधरी , ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझी अन्य अथितिहरूमा विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहनलाल सरदार, कमल भट्टराई,रुद्र बहादुर कार्की, ग्रामथान गाउँपालिका शिक्षा शाखा प्रमुख भिम न्यौपाने, दुर्गा आधारभूत विधालय झोराहाट झंगडाई टोलका प्रध्यानाध्यापक यदु लुईटेल लगायत शिक्षक, विधार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई संबोधन गदै प्रमुख अतिथि अतिथिहरुले विद्यालयले झोराहाट आसपासका ग्रामीण क्षेत्रका आमनागरिकमा शिक्षामा पहुँच भए सँगै गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाले उदाहरणिय कार्य प्रति सम्पूर्ण समाज, विधालय परिवार, अभिभावक , स्थानीय सरकार लगायत लाई प्रसंसा गर्दै शिक्षाको समान पहुँचले नै सम्रग व्यक्ति, समाज र राष्ट्रको समृद्धि र विकास संम्भव हुने बताउँदै सबैका लागि शिक्षामा पहुँच हुनुपर्ने कुरामा जोड दिएका थिए। यस विद्यालय ग्रामथान गाउँपालिकाका एक मात्र सामुदायिक नमुना विद्यालय हो। विद्यालयले अग्रेजी र नेपाली माध्यमबाट पठनपाठन गरिरहेको छ। पठनपाठनका लागि अभिभावक र विद्यार्थीको पहिलो रोजाईमा पर्ने विधालय हो। विद्यालयमा विधार्थीको भर्ना हुने संख्यामा वृद्धि सँगै अत्याधिक चाप हुनेगरेको छ । विद्यालयले विधार्थी भर्नाका लागि प्रवेश परिक्षा लिने गरेको छ। विद्यालयमा विधार्थीको चाप सँगै विद्यालयमा आवश्यक शैक्षिक जनशक्ति लगायतमा तीनै तहका सरकार र सरोकारवाला लगायतको ध्यान जान आवश्यक देखिन्छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments