Thursday, April 23, 2026
spot_img
HomeNepal Embassy KWनेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल


विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना शंकर गु्रप अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमिटेडले उक्त आइभुमि मोबाइल नेपाली बजारमा भित्रायाएको हो ।

आफ्नो मुख्य उद्देश्य नै “हाइ भ्यालु प्रडक्ट” बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधि प्रयोग गरिएको छ । आइभुमी मोबाइल, आइ भी ५०५, आइ भी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्ट फोन लिएर नेपाली बजारमा प्रवेश गरेको छ ।


उक्त स्मार्ट फोनहरु ५,९९९ रुपैयाँ देखिका प्रतिस्पर्धात्मक मुल्यबाट शुरु हुने समुहले जनाएको छ ।

\

आइभुमी इंडियाका कार्यकारी निर्देशक श्री अश्विन भण्डारीले सहकार्यको बारेमा कुरा गर्दै भन्नुभयो “नेपालको एक ठुलो व्यापारिक घराना शंकर गु्रप अन्र्तगतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमीटेडसँग सहकार्य गरी अघि बढ्न पाएकोमा हामी अत्यन्तै गौरवावन्वीत भइका छौँ ।

आफु अन्र्तगतका सबै व्यवसाय तथा उत्पादित वस्तु तथा सेवाहरुलाई नेपालको कुना कुना सम्म उपलब्ध गराउन सफल शंकर समुहले आइभुमी स्मार्ट फोनलाई पनि सफल बनाउनेमा हामी विश्वस्त छौँ ।”


हाल नेपालमा बढ्दै गएको फोर जी स्मार्ट फोन प्रयोगकर्ताहरु माझमा आइभुमी शसक्त रुपमा प्रस्तुत हुने दावी वितरकको रहेको छ । आफ्नो उत्पादनहरुलाई “पावर्ड बाइ भ्यालु” बताउने आइभुमी, प्रतिस्पर्धात्मक मुल्यको स्मार्ट फोनहरु नविन प्रविधि फोर जी सहित नेपाली ग्राहकहरुको आवश्यकता पुरा गर्ने वितरकले जनाएको छ ।

\

नयाँ सहकार्यबारे कुरा गर्दै प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमीटेडका कार्यकारी निर्देशक श्री राजेश जाटिया भन्नुहुन्छ “हाल शंकर गु्रप अन्र्तगत ३०० भन्दा बढी वितरक र एक लाखभन्दा बढि बिक्रि केन्द्रहरु रहेका छन् नविन प्रविधि तथा प्रतिस्पर्धात्मक मुल्य रहेको आइभुमी र बजार अनुभवी समुह बिचको सहकार्यले नेपालमा शसक्त उपस्थिति जनाउने छ ।”




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments