Homeगृहपृष्ठपाँचथरको याङ्वरकमा बाढी पहिरो RD Creation

पाँचथरको याङ्वरकमा बाढी पहिरो RD Creation


पाँचथर– बाढी पहिरोका कारण पाँचथरको याङ्वरक गाउँपालिकामा क्षती पुगेको छ । च्याङथापु, फलैँचा, ओयाम क्षेत्रमा क्षति पुगेको हो । बाढी पहिरोको क्षतिको विवरण सङ्कलन भईरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि अनिश कर्णले जानकारी दिए ।

बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सडक, पुल, खेतीबारी, हाईड्रो पावरमा क्षती पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

च्याङथापुमा दुईवटा घरमा क्षति पुगेको छ । दोभाने लगायतका क्षेत्रमा क्षति भएको छ । ओयाम बजार छेउमा पहिरो गएको छ भने खोलाका तटीय क्षेत्रको खेतमा ठुलो क्षति भएको स्थानीय बासीले बताएका छन ।

पाँचथरबाट ताप्लेजुङ तर्फ जानेबाटोको इन्द्रावती खोलाको पुलमा क्षति पुगेको छ । यस्तै तमोर करिडोरको निर्माणाधीन लिम्बुनी पुलमा पनि क्षति पुगेको छ ।

छिमेकी जिल्ला ताप्लेजुङको सिदिङ्वामा पनि बाढी पहिरोले क्षति गरेको जानकारी प्राप्त भएको छ । कावेली तथा तमोर नदिमा बाढी आएको छ ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments