Homeगृहपृष्ठपाँचथरमा नमूना मतदान केन्द्र, सबै कर्मचारी महिला RD Creation

पाँचथरमा नमूना मतदान केन्द्र, सबै कर्मचारी महिला RD Creation


पाँचथर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा एक हजार असि जना कर्मचारी खटाइने भएको छ । एक मात्रै निवाचन क्षेत्र रहेको पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाइने कर्मचारीको विवरण यकीन गरी सार्वजनिक गरेको छ ।
पाँचथरमा १०२ मतदानस्थलमा १७९ मतदान केन्द्र कायम गरिएका छन् । यस्तै पाँचथरमा १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रमा कारागारमा कैदीबन्दी र निर्वाचनमा नखटिएका कर्मचारी तथा सुरक्षा कर्मीले मतदान गर्ने छन् । जहाँ समानुपातिकको मात्रै मतदान हुनेछ ।
प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिने भएका छन् । एउटा केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहायक कर्मचारी खटाइनेछ । यस्तै एक सहयोगी कर्मचारी पनि मतदान केन्द्रमा खटाइने भएको छ ।
पाँचथरमा रहेका १ सय २ मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका छन् । फिदिम नगरपालिका–२ स्थित आर्दश आधारभुत बिद्यालयका ‘क’ ‘ख’ र ‘ग’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ ।

निर्वाचन अधिकृतको कार्यलयका अनुसार आधारभुत बिद्यालयका ‘क’ केन्द्रमा मतदान अधिकृत सस्वती नेम्बाङ, सहायक मतदान अधिकृत शाेभा देवान, सहायक कर्मचारी सरिता अर्याल, कल्पना खनाल र सुस्मिता माझी खटिने भएका छन् । उक्त केन्द्रमा सहयोगी कर्मचारीको रूपमा सीता बराल खटिने भएकी छन् ।

आधारभुत बिद्यालयका ‘ख’ केन्द्रमा मतदान अधिकृत सबिना रिजाल, सहायक मतदान अधिकृत रेजिना श्रेष्ठ, सहायक कर्मचारी कलपना चाम्लीङ राई, रुममिना ओझा र रञ्जु भण्डारी खटिने भएका छन् । आधारभुत बिद्यालयका ‘ग’ केन्द्रमा मतदान अधिकृत ललीता कुमारी गुरुङ, सहायक मतदान अधिकृत इन्दिरा दहाल, सहायक कर्मचारी यामकुमारी मुखीया , रचना रेगामी मगर र दिवना चेम्जोङ खटिने भएका छन् ।

निर्वाचनमा पाँचथर जिल्लामा एक हजार ८० कर्मचारी खटाइने भएको हो । मुख्य निर्वाचन अधिकृत कुमार मास्के अनुसार १ सय २ मतदान केन्द्रमा उपसचिव र शाखा अधिकृत र अधिकृत छैठौं तहका कर्मचारीलाई मतदान अधिकृतको रुपमा खटाइएको छ । यस्तै सहायक मतदान अधिकृतका लागि नायब सुब्बास्तरका कर्मचारी तथा सहायक कर्मचारीका लगि खरिदार स्तरका कर्मचारी र शिक्षक र सहयोगी कर्मचारीका लागि कार्यालय सहयोगि खटाइएको छ ।

पाँचथर जिल्लामा कुल एक लाख ४३ हजार ४ सय ८ जना मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १५ राजनितिकदलका १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments