Homeगृहपृष्ठभिजन  लुम्बिनी उर्जा कम्पनीको नाफा ६२.९८ प्रतिशत घट्यो

भिजन  लुम्बिनी उर्जा कम्पनीको नाफा ६२.९८ प्रतिशत घट्यो

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सो अवधिमा ६२ दशमलव ९८ प्रतिशत घटेको छ ।

गत आवमा कम्पनीले रू. ७ करोड ९ लाख  नाफा कमाएकोमा चालू आवमा घटेर रू. २ करोड ६३ लाखमा झरेको छ । चालू आवमा कम्पनीको वित्ती खर्चमा वृद्धि भएकाले नाफा घटेको हो ।

गत आवमा कम्पनीको वित्तीय खर्च रू. १६ लाख ८५ हजार रहेकोमा चालू आवमा बढेर रू. ६ करोड ३७ लाख पुगेको छ । 

दोस्रो त्रैमाससम्मा कम्पनी विद्युत विक्री बापत रू. ११ करोड २६ लाख आम्दानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ७६ पैसा रहेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९१ करोड रहेको छ । कम्पनीले रिटेन्ड अर्निङमा रू.७२ करोड २० लाख सञ्चिती गरेको छ । 

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments