Homeगृहपृष्ठमलाई १७ हजारको हत्यारा भन्छन्, तर मैले एक जनालाई पिटेको छैन :...

मलाई १७ हजारको हत्यारा भन्छन्, तर मैले एक जनालाई पिटेको छैन : प्रचण्ड


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लाग्ने गरेको ‘१७ हजारको हत्यारा’ आरोपप्रति दुःख व्यक्त गरेका छन्। शनिवारमा काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै दाहालले यस्तो गुनासो गरेका हुन्।

‘इतिहासलाई पछाडि धकेल्न चाहने एक थरी मान्छेले ममाथि १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो । राज्य पक्ष र विद्रोहीले कति ग¥यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ,’ अध्यक्ष दाहालले भने, ‘आजभोलि त प्रचण्डले भन्न थालिएको छ। मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म ।’

युद्धको नेतृत्व भने आफूले गरेको उनले स्वीकार गरे । ‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन,’ दाहालले दुखेसो पोखे।

आफू मारिन सक्ने जोखिम हुँदाहुँदै पनि हतियार व्यवस्थापन गरेको विषयमा कोही पनि नबोल्दिने भन्दै दाहालले अर्को गुनासो गरे। उनले भने, ‘यहाँ त बरु विपरीत भाष्य बनाउने जबरजस्त कोसिस भएको छ–१७ हजारको हत्यारा भनेर।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments