HomeEnglish Newsमाधव नेपालको राजनीतिक प्रतिवेदन पारित

माधव नेपालको राजनीतिक प्रतिवेदन पारित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ।

यही फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको बैठकले उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यको सुझाव समावेश गरी परिमार्जनसहित पारित गरेको हो।

पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू अनुमोदन गर्दै बैठक सम्पन्न गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

प्रकाशित: १० फाल्गुन २०८१ २३:५४ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments