Home गृहपृष्ठ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेका छन्

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेका छन्

0
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेका छन्


काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफलाई ‘रूसी कथा फैलाएको’ आरोप लगाएका छन् । फक्स न्यूजसँगको हालैको अन्तर्वार्तामा विटकफले भनेका थिए ‘रूस र युक्रेन बीचको युद्ध पाँच क्षेत्रहरूमा निर्भर गर्दछ, जसमध्ये धेरैजसो रूसले ओगटेका छन्।’

स्टिभ विटकफले हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब पाँच घण्टा चलेको बैठकपछि यो कुरा बताएका हुन्। जेलेन्स्कीले भने ‘मलाई लाग्छ विटकोफले रुसी पक्ष लिने रणनीति अपनाएका छन्।’ “यो साँच्चै खतरनाक छ किनकि जानाजानी वा अनजानमा उनले रूसी कथा फैलाइरहेका छन्,” उनले भने।

विट्कोफले पूर्वी युक्रेनको जापोरिजिया, डोनेट्स्क, खेरसन र लुहान्स्कलाई जनाउँदै थिए । यी क्षेत्रहरूको अधिकांश भाग रूसले ओगटेको छ। पाँचौं क्षेत्र क्रिमिया हो, जुन २०१४ मा रूसले कब्जा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email