Thursday, April 23, 2026
spot_img
Homeगृहपृष्ठयो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो : प्रचण्ड

यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो : प्रचण्ड


काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गरेका छन् ।

रुपेन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले यो सरकार असंवैधानिक भएको आरोप समेत लगाए । सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गरे ।

‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको हो,’ प्रचण्डले भने, ‘यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो, मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो ।’

कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको वर्तमान सरकार बनेदेखि नै जनतामा यो सरकारप्रति कुनै आशा नभएको प्रचण्डले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments