Home English News राप्रपालाई गृहको चेतावनी : अराजकता सह्य हुन्न

राप्रपालाई गृहको चेतावनी : अराजकता सह्य हुन्न

0
राप्रपालाई गृहको चेतावनी : अराजकता सह्य हुन्न

गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार (भोलि) निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने तयारी गरेपछि त्यस्तो नगर्न चेतावनी जारी गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्रभित्र प्रदर्शन गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जानकारी दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिलाई संविधान र कानुनको ठाडो उल्लंघन ठहर गर्दै त्यसमा संलग्न हुने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयले समाजमा अराजकता र हिंसा फैलाउने कुनै पनि गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ।