Homeगृहपृष्ठलुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई ब्यानर हस्तान्तरण

लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई ब्यानर हस्तान्तरण


काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सफल सगरमाथा आरोहणको शुभकामना दिँदै बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ।

सगरमाथाको ३१औं सफल आरोहणको तयारीमा रहेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले विशेष कार्यक्रमका बीच ब्यानर हस्तान्तरण गरेका हुन् । कामी रिता शेर्पाले यसअघि २ पटक सगरमाथाको चुचुरोमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर पुर्याइसकेका छन् ।

शेर्पा बैंकसँग दुई दशकभन्दा लामो समयदेखि ‘निरन्तर सहयात्रा’ गर्दै आएका ग्राहक हुन् । उनले यो किर्तिमानी आरोहण आफ्नो मात्र नभई सम्पूर्ण शेर्पा समाज र नेपालको गौरवको रूपमा रहेको बताए । बैंकले कामी रिता शेर्पाको साहसिक कार्यले संस्था मात्र होइन, देशको प्रतिष्ठा समेत उच्च बनाउने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments