Home English News हामीले मोबाइलमा गरिने कुराकानी सुरक्षित छैन: प्रधानमन्त्री

हामीले मोबाइलमा गरिने कुराकानी सुरक्षित छैन: प्रधानमन्त्री

0
हामीले मोबाइलमा गरिने कुराकानी सुरक्षित छैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग कसरी गर्ने भन्ने कुराको विकास गर्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले प्रविधिको विकास भइरहेको अवस्थामा त्यसको प्रयोगबारे पनि जानकारी हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘आज त प्रविधि छ हामीसँग त्यसको कसरी प्रयोग गर्ने भन्ने कुराको ल्याकत विकास गर्नुपर्छ। मोबाइल हात हातमा छ त्यसको कसरी प्रयोग गर्ने भन्ने हो। हामीले बनाएको मोबाइल छैन, इन्टरनेट छैन, स्याटलाइट छैन। हामीले मोबाइलमा गरेको कुरा सुरक्षित छैन। मोबाइलमा गरेको कुरा सुरक्षित छदै छैन भन्ने बुझ्नुपर्छ। अर्काले बनाएको कुरा डेटा अर्काकोमा नै जान्छ।’ 

प्रकाशित: ५ फाल्गुन २०८१ १३:५३ सोमबार